मोरङ — मोरङको जहदा गाउँपालिका–३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेन्ससहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा स १ च ६५६ नम्बरको एम्बुलेन्सभित्र कालो झोलामा लुकाइएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा फेला पारेको हो।
गाँजा बरामद भएपछि प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र साथमा को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चलाइरहेका जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ
विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सिरहाको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला परेको छ । प्रहरीले एम्बुलेन्स चालकसहित दुई...











Discussion about this post