इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित रहेको उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको आयोजनामा गाउँपालिका भरी गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई भेला गराई उनिहरुलाई तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिए । 
उक्त कार्यक्रममा बोल्दै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिका क्षेत्रमा ठोस रुपमा विकास निर्माण कार्य संचालन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले जनतालाई विकास निर्माणको प्रक्रियामा सहभागी गराउन र विकासको बारेमा सोच बद्लनका लागि प्रशिक्षण कार्यक्रमले मद्धत पुगेको बताईन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post