• pradeshpoint
  • Pradeshpoint
Thursday, April 30, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सरकारी कार्यालयबीच छैन तालमेलः यसरी भइरहेछ डुब्लिकेशन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ४ गते, १७:२२ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार
सरकारी कार्यालयबीच छैन तालमेलः यसरी भइरहेछ डुब्लिकेशन
47
SHARES
Share on FacebookShare on Twitter

एउटै प्रकृतिको काममा सरकारी निकायबीच समन्बय नहुँदा र डुब्लिकेशन भइदिँदा राज्यको अर्बौको स्रोत,साधन र सम्पत्ति कसरी वालुवामा पानी हुँदैछ भन्ने बुझ्न एकपटक यी तथ्य गम्भीर भएर हेरौं तः
जस्तो,केन्द्रीय तथ्यांक विभागले हरेक दश दश बर्षमा जनगणना गर्दै आएको छ । दुई साता अघि मात्र झण्डै तीन करोड हाराहारी नेपाली जनताको टाउको गन्नका लागि राज्यको तीन अर्व बजेट स्वाहा पारिएको छ । जसमध्ये एक अर्व ८० करोड सुपरीवेक्षक तथा गणकका लागि खर्च भएको विवरण केन्द्रीय तथ्यांक विभागले उपलव्ध गराएको छ । यही विभागले आगामी बर्ष फेरि कृषि गणना गर्दैछ । यो पनि जनगणनाझैं हरेक दश दश बर्षमा हुन्छ । यस्का अलवा त्यही निकायले हरेक पाँचर पाँच बर्षमा आर्थिक गणना गर्दछ । त्यस्ले व्यापारी वा औद्यागिक क्षेत्रहरुको गणना गर्दछ । यस्ले गर्ने तीन खालका सर्भे छदैंछ । यही बर्ष त्यही निकायले नेपालीको जीवनस्तर सर्भे गर्दैछ ।
सरकारले गरिब खोज्न थालेको चार बर्ष भयो । यो बीचमा गरिबको पहिचान गर्न भन्दै २ अर्ब ७५ करोड हाराहारी रकम खर्च भइसकेको छ । यद्यपि अझैं गरिब खोज्ने काम टुंगिएको छैन ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरबाट गरिब खोज्न थालेको चार बर्ष व्यतित भयो । गरिब खोज्ने नाममा १ अर्ब ७० करोड बजेट सकिसक्यो अझैं काम टुंगिन सकेको हैन । यो चार बर्षमा २६ जिल्लामा १२ लाख २४ हजार ६१७ परिवारका ३ लाख ९१ हजार ८३१ परिवारलाई गरिब पहिचान गरी परिचयपत्र वितवरणको चरणमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै,२३ जिल्लाका ११ लाख २५ हजार २१६ परिवारमध्ये २ लाख २ लाख २७ हजार १५० गरिब पहिचान भएको,सार्वजनिक सुनुवाई हुन बाँकी छ । १३ वटा जिल्लामा कामै शुरु हुन सकेको छैन भने १५ जिल्लामा सर्वेक्षणका लागि सर्वेक्षकहरुलाई ट्रेनिङ दिने काम चलिरहेको छ ।

गृह मन्त्रालय मातहत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग छ । उस्ले अर्वौ खर्चेर राष्ट्रिय परिचयपत्र वितरणको काम गर्दैछ । निर्वाचन आयोगले मतदाता परिचयपत्र बनाउने नाममा करोडौं खर्चिएको छ । उस्तै प्रकृतिको काम गर्नका लागि श्रम रोजगार मन्त्रालयले बेरोजगारीको गणना गर्ने देखि सामािजक सुरक्षाको छुट्टै गणना गर्दै आएको छ । यस्ले राज्यको डुब्लिकेशन भयो कि भएन् ? श्रोत,साधन,सम्पत्तिको खर्च भएन रु यसतर्फ राज्यले किन चासो नदिएको ?

जनगणना दश दश बर्षमा गरिरहनु सट्टा एक पटक गर्ने त्यसमै अटो अपडेट गर्न किन नसकिएको ? वा चासो नदिएको ?

यस्तो भद्रगोलको सिलसिलामा यतिमै सकिदैंन जस्तो कृषि मन्त्रालय मातहत हेरौं त्यहाँ सहकारी महाशाखा छ । फेरि सहकारी विभाग,सहकारी विकास वोर्ड,समस्याग्रस्त सहकारी व्यवस्थापन समिति त्यही मातहत छ । मन्त्रालय मातहतको सहकारी विभागमा भन्दा बढी कर्मचारी थुपारिएको छ सहकारी विभागमा । उही र उस्तै काम गर्न सहकारी विकास बोर्डमा उतिनै संख्या ९३२/३३० कर्मचारीको दरबन्दी छ । देशभर २९८८६ सहकारी छन् जसमध्ये संघ मातहतका यी ५ वटा कार्यालयका झण्डै डेढ सय कर्मचारीको काम १२५ वटा सहकारीको नियमन गर्ने हो ।

बाँकी एक जिल्ले,दुई जिल्ले सहकारी हेर्ने जिम्मेवारी अहिले तल (प्रदेश र स्थानीय तहलाई) गइसकेको छ ।

सडक निर्माणको काम सडक विभाग, सहरी विकास विभाग, सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्दै आएको छ । उसो त सरकारी अधिकारीहरुका अनुसार, श्रम तथा रोजगार मन्त्रालय, उद्योग बाणिज्य आपूर्ति मन्त्रालय, शिक्षा मन्त्रालयलगायतका विभिन्न १८ वटा निकायबाट प्रशिक्षणका कार्य भइरहेका छन् । जबकि यी १८ वटा निकायबाट हाल भइरहेका काम व्यवस्थित गर्ने हो भने एउटै निकायले गर्न सक्ने अधिकारीहरु सुनाउँछन् । नापी र मालपोतको काम एउटै हो जग्गा प्रशासनसम्बन्धी । एउटै काम गर्नका लागि अहिले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख गरी छुट्टाछुट्टै विभाग बनाइएको छ । यी दुईतिर गरी झण्डै ६ हजार कर्मचारीको दरबन्दी छ । कार्य प्रकृति मिल्ने मन्त्रालय वा विभाग गाभ्न, ती मातहतका विभाग र महाशाखाको संख्या घटाउन छाडेर सरकारले भने अनावश्यक संरचना थप्नेतिर ध्यान केन्द्रित रहँदा राज्यको एकातिर राज्यको स्रोत साधन र सम्पत्ति दोहोरो खर्च भइरहेको छ ।

जस्तो शिक्षा मन्त्रालयलाई कतै रोडको डाटा आवश्यक पर्न सक्छ । उस्ले सरकारी अन्य निकायसँग पहिल्यै भएको भौगोलिक डाटा प्रयोग गर्नुको साटो आफैं रोडको डाटा निकाल्न तम्सन्छ । एउटै कामका राज्यको स्रोत र साधनको दोहोरो खर्च भयो कि भएन् रु उही हालत हो विकासे अड्डाहरु भौतिक,जलश्रोत,खानेपानी,उर्जा,शहरी विकास लगायतको । यी विकासे अड्डाबीच आफूसँग भएको सूचना शेयरिङ गर्नुको आफैं लाखौंरकरोडौं खर्चेर फेरि त्यही ठाउँको नापी लिने परिपाटी छ । प्लेनबाट गर्ने लाइडर सर्भे,सेटलाइज इमेज लगायतका सर्भे गर्ने नाममा कन्सलटेन्सीलाई पोस्ने चलन छ ।

जबकी त्यस्तो भौगोलिक सूचना अर्को विकासे अड्डासँग अलरेडी हुनसक्छ । कमिसनको चक्करमा परेर अर्को सरकारी निकायसँग भएको भौगोलिक नक्सा प्रयोग नगर्ने परिपाटी रोक्न हालै भौगोलिक सूचना पूर्वाधार नीति ०७८ बनेको छ । अब सरकारी निकायबीच भौगोलिक पूर्वाधारसम्बन्धी सूचना एक आपसमा शेयरिङ गर्नुपर्नेछ । यस अघि भौगोलिक सूचना शेयर नगरी हरेक बर्ष अर्बौ रकम कन्सलटेन्सीलाई पोसिदैं आएकोमा सो रोकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले सुनाए ।श्रोतःकर्मचारी

Tags: छैनडुब्लिकेशनतालमेलःबीचसरकारी कार्यालय

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist