• pradeshpoint
  • Pradeshpoint
Saturday, March 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

धरानमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरे फोहोर प्रशोधन केन्द्रको उद्घाटन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २० गते, १७:३४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
धरानमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरे फोहोर प्रशोधन केन्द्रको उद्घाटन
156
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा अब फोहोरबाट ग्याँस र मल उत्पादन गर्न थालिएको छ ।
फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने गरी धरान–६ पानबारीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवा, मेयर तिलक राईलगायतले उत्पादित ग्याँस र मलको अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवा केहीक्षण टेम्पोमा पनि बसेका थिए ।
भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका डा. मधुसुदन अधिकारीले जानकारी दिए ।
उनका अनुसार नेपालकै पहिलो शहरी फोहोर व्यवस्थापनमा निजी सार्वजनिक साझेदारी अवधारणाअनुसार निजी क्षेत्रबाट स्थापित आयोजना हो । यसको क्षमता दैनिक ३० टन रहेको र फोहोर प्रशोधन केन्द्रबाट दैनिकरुपमा करिब १ हजार किलोग्राम जैविक ग्याास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुने कार्यकारी निर्देशक विपुल पाण्डेले जानकारी दिए ।
हाल ५० जनाले रोजगारी मेत पाएको र यो केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि यसमा करिब ८० जनाले प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाउने उनले जानकारी दिए । सो केन्द्रबाट उत्पदित जैविक ग्याँसलाई शुद्धिकरण गरी कम्पोज नेचुरल ग्याँसको रुपमा धरानमा रहेका तीनपाङ्ग्रे सवारी साधन (टेम्पो) मा प्रयोग गरिने उनले जानकारी दिए । ‘धरानमा करिब ३ सयवटा टेम्पोमा सिलिण्डरसहितको एक किटको जडानपश्चात हाल सञ्चालनमा नै रहेका पेट्रोलबाट सञ्चालित टेमपोमा सो प्रयोग गर्न सकिनेछ’, उनले भने ।
उनका अनुसार सो ग्याँसलाई टेम्पोमा रहेको सिलिण्डरमा हाल्नका लागि आवश्यक सामग्रीको निर्माण कार्य पनि धरान–७ भोटेपुलमा सम्पन्न भइसकेको उनले जानकारी दिए । उनका अनुसार सो ग्याँसको प्रयोगले दैनिक करिब १५ सयदेखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन गर्नेछ । जसको बजारमूलय करिब १० करोड रुपैयाँको आयात कम हुनेछ ।
परियोजनाका इन्जिनियर विवेक अग्रवालले २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण भएको बताए । यसमा उपमहानगरको कुनैपनि लगानी नभएको उनले जानकारी दिए ।
कम्पनीले पानवारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको हो । सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई बताउँछन् ।
गत वैशाखदेखि नै सञ्चालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइले समय लम्बिएको परियोजनाका इन्जिनियर अग्रवालले बताए । उनका अनुसार २४ करोडको परियोजनाको लागत कोरोनाका कारण २६ करोड पुगेको छ ।
प्रशोधन केन्द्रबाट उत्पादित ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुने उनले बताए । उनका अनुसार हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनाइएको छ ।श्रोतःसप्तकोशी अनलाइन

Tags: उद्घाटनगरेधरानमाप्रधानमन्त्री शेरबहादुर देउवालेफोहोर प्रशोधन केन्द्रको

Related Posts

जनता क्याम्पसको १३ औं क्याम्पस सभा
FEATURE

जनता क्याम्पसको १३ औं क्याम्पस सभा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ७ गते, १४:३९ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसको विधान संसोधनसहित पास गर्ने निर्णयसहित १३ औं क्याम्पस सभा शनिबार सकिएको छ...

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
FEATURE

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ७ गते, १४:३४ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी वडा नं. ५ मा अवस्थित जनता बहुमुखी क्याम्पसले युवा पुस्तालाई रोजगारी सिर्जना गर्न आइटि करिअरसम्बन्धी अन्तरक्रिया...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

रमजानपछि ईद: संयम, क्षमा र सद्भावको उत्सव

२०८२ चैत्र ६ गते, २०:३८ बजे प्रकाशित
वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

२०८२ चैत्र ५ गते, १९:०९ बजे प्रकाशित
आमाको पहिचानबाट नागरिकता: रंगेलीमा ऐतिहासिक सुरुवात

आमाको पहिचानबाट नागरिकता: रंगेलीमा ऐतिहासिक सुरुवात

२०८२ चैत्र ५ गते, १३:३५ बजे प्रकाशित
बुढीगंगा मुसहर बस्तीमा आगलागी: ११ घर जलेर नष्ट, दर्जनौं परिवार विस्थापित

बुढीगंगा मुसहर बस्तीमा आगलागी: ११ घर जलेर नष्ट, दर्जनौं परिवार विस्थापित

२०८२ चैत्र ५ गते, ११:४३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

जनता क्याम्पसको १३ औं क्याम्पस सभा

जनता क्याम्पसको १३ औं क्याम्पस सभा

२०८२ चैत्र ७ गते, १४:३९ बजे प्रकाशित
आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइटी करियरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ चैत्र ७ गते, १४:३४ बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

रमजानपछि ईद: संयम, क्षमा र सद्भावको उत्सव

२०८२ चैत्र ६ गते, २०:३८ बजे प्रकाशित
वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

वेवीलोनको १५ औं वार्षिकोत्सव सम्पन्न

२०८२ चैत्र ५ गते, १९:०९ बजे प्रकाशित
आमाको पहिचानबाट नागरिकता: रंगेलीमा ऐतिहासिक सुरुवात

आमाको पहिचानबाट नागरिकता: रंगेलीमा ऐतिहासिक सुरुवात

२०८२ चैत्र ५ गते, १३:३५ बजे प्रकाशित
बुढीगंगा मुसहर बस्तीमा आगलागी: ११ घर जलेर नष्ट, दर्जनौं परिवार विस्थापित

बुढीगंगा मुसहर बस्तीमा आगलागी: ११ घर जलेर नष्ट, दर्जनौं परिवार विस्थापित

२०८२ चैत्र ५ गते, ११:४३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist