• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

गैरकानूनी मिटरब्याजमा लगानी, सर्वसाधारणलाई उठिबास

थुनामुक्त हुन जेलबाटै वकपत्र उल्ट्याउन धम्की

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २० गते, १७:४१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
गैरकानूनी मिटरब्याजमा लगानी, सर्वसाधारणलाई उठिबास
33
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरि सर्वसाधारणलाई उठिबास लगाउने कुख्यात मिटरब्याजीको रूपमा परिचत छन् विराटनगर–९ घोगापुलचौकका मन्टु भनिने सञ्जयप्रसाद रौनियार ।

उनी ठगी र अपराधिक लाभ लिएको मुद्दामा १७ फागुनदेखि मन्टु पुर्पक्षको लागि मोरङ कारागारमा छन् । उनीविरुद्धको मुद्दा विचारधिन छ । जेलभित्र रहेका मन्टु वकपत्र उल्टाएर जेलमुक्त हुने तयारी सुरू गरेका छन् । जेलभित्रबाटै मन्टुले पीडितहरूलाई दबाब र प्रलोभनमा पारेर वकपत्र उल्ट्याउने र थुनामुक्त हुने योजना सुरु गरेका हुन् ।

उनलाई किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुलेर अपराधिक कार्य गरेको आरोप छ । १७ जना पीडितहरुले जालझेल गर्दै चर्को मिटर ब्याज असुलेर धितो राखेको सम्पत्ती हडपिएको आरोप लगाउँदै मन्टुविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए । मोरङ प्रहरीले २०७७ मंसिरमा मन्टुलाई पक्राउ गरेर अनुसन्धान गरि ठगी र अपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत मोरङमा अलग–अलग मुद्दा दर्ता गराएको थियो ।

अदालतको आदेशबाट पुर्पक्षका लागि जेल चलान भएका कुख्यात मिटरब्याजी मन्टुले जेलभित्रैबाट सबै पीडितहरुको सम्पत्ती फिर्ता दिएर अदालतमा बकपत्र फेर्न लगाइसकेका छन् । स्रोतका अनुसार मन्टुले सम्पत्ती फिर्ता दिँदा पनि बयान फेर्न नमान्नेलाई गुण्डा प्रयोग गरेर धाकधम्की पनि दिएका थिए । यसैले अदालतमा वादी पक्षका सबैले बकपत्र उल्टाइसकेको अदालत स्रोतले बताएको छ । ‘पीडित भनिएका वादीले फैसला हुनुभन्दा अगाडि हुने बकपत्रमा बयान फेरेकोले कुख्यात मिटर व्याजी मन्टुले अदालतबाट सफाई पाएर थुनामुक्त हुने सम्भावना बढेर गएको छ,’ अदालत स्रोतले भन्यो ।

वर्षौदेखि घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाएर चर्को ब्याज असुलेको आरोपमा मन्टुविरुद्ध १७ जना पीडितहरुले अलग–अलग अपराधिक लाभ लिएर ठगी गरेको आरोपमा किटानी जाहेरी दिएका थिए । मोरङ अदालतका तत्कालिन न्यायाधीश इश्वरी पराजुलीको इजलासले सुनवाई भएका १७ वटा अलग–अलग मुद्दामध्ये ४ वटामा धरौटी लिएर र १३ वटा मुद्दामा पुर्पक्षका लागि चेल चलान गर्न आदेश दिएका थिए ।

अभियोगपत्रमा मन्टुविरुद्ध १ करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ । मन्टुले सर्वसाधारणबाट ९२ लाख कर्जाको ७ करोड ७० लाख रुपैयाँ असुली गरेको पीडितहरुको जाहेरीबाट खुलेको छ । यसैगरी मिटर ब्याजी मन्टु र उनकी श्रीमतीले जिल्ला मातपोत कार्यालय मोरङबाट तीस जनाभन्दा बढीबाट जग्गा आफ्नो नाममा राजीनामा नामसारी गराएको फेला परेको थियो । मन्टुविरुद्ध सम्पत्ती शुद्धीकरण विभागमा पनि उजुरी दर्ता भएको थियो । मन्टु कतिसम्म धुर्त थिए भने उनले मरिसकेका बाबुको सही किर्ते गरेर भाइलाई वञ्चित गर्दै एकलौटी घरबहाल सम्झौता गरेर भाडा खाँदै आएका थिए । विराटनगर बुद्धचौकमा रहेको घर अस्पताललाई भाडा लगाएर मासिक डेढ लाख भाडा लिएपनि मन्टुले ४० हजार मात्र लिएको कर छलि गरेका थिए ।

मिटरब्याजमा लगानी गर्ने मन्टुले सर्वसाधरणको जग्गा नामसारी गरि कपाली तमसुक बनाएर ऋण दिने गरेका थिए । कानुनी मान्यता अनुसार १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने प्रावाधान रहेको छ । तर, मन्टुले ऋण दिएपछि सर्वसाधरणसँग ६÷६ महिना भित्र तिरेमा सयकडा ३ का अर्थात् वार्षिक ३६ प्रतिशत ब्याज लिने र यदी ६ महिना भन्दा बढी लगाएमा प्रत्येक ६÷६ महिनामा ब्याज सावाँमा जोडी सयकडा ५ अर्थात् ९वार्षिक ५६ प्रतिशत० गर्दै बढाउने गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।

अदालतमा दायर भएको मुद्दामा सरकारी वकिलको कार्यालयले १ करोड ९२ लाख ८५ हजार २ सय २६ रूपैयाँ क्षतिपूर्ति माग दाबी राखेको छ । समाजमा परम्परागतरुपमा चल्दै आएको सामन्ती प्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने मन्टुले करोडौं रुपैयाँ सर्वसाधरणबाट असुलेको खुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

एक दशकदेखि गलत नियतिले ऋण दिएर गाउँका सोझासिधा सर्वसाधरणलाई ऋणि बनाएर मिटरब्याजको धन्दा चलाउने मन्टु र उनको श्रीमती ज्योति रौनियारको नाममा करोडौं मूल्य बराबरको ६० कित्ता जग्गा रहेको देखिएको छ । हालसम्म सर्वसाधारणको ४० कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ । उनकी श्रीमती ज्योति रौनियारको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।

गैरकानुनी ढंगले अकुत सम्पती आर्जन गरेको र मिटरब्याजमा लगानी गरि मोरङका ग्रामिण क्षेत्रका सर्वसाधरणलाई ‘टाट’ पल्टाएपछि तीन जनाले २०७७ मंसिर ७ गते रौनियार विरूद्ध सम्पती शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीमाअनुसार ०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ ।

मन्टुसँग मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन एजेन्ट गाउँमा खटाउने गरेका थिए ।
पीडितलाई सहयोग गर्नेहरु त्रसित

दबाब र प्रलोभनमा पारेर सबैलाई बकपत्र उल्टाउन लगाएर थुनामुक्त हुन लागेको हल्ला चलेपछि पीडितलाई सहयोग गर्ने सहयोगीहरु कुख्यात मिटर ब्याजी मन्टुदेखि त्रसित हुन थालेका छन् । जेलमुक्त भएपछि मन्टुले बदलाको भवना राखेर सहयोगीहरु दुःख दिने मात्र नभएर ज्यानसमेत लिन सक्ने जोखिम बढेको सहयोगीहरू बताउँछन् । एक सहयोगीका अनुसार मिटर ब्याजी मन्टुबाट ठगिनेहरु अझै धेरै छन् । यसैले थुनामुक्त भएमा उनीहरु पनि जोखिममा पर्नेछन् ।श्रोतःहाम्रोमत

Tags: गैरकानूनीथुनामुक्त हुनमिटरब्याजमा लगानीवकपत्र उल्ट्याउन धम्कीसर्वसाधारणलाई उठिबासहुन जेलबाटै

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist