इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले इनरुवा नगरपालिका भित्र रहेका अटो रिक्सा चालकको निःशुल्क स्वास्थ्य वीमा गरिदिने बताएको छ । नगरपालिकामा भित्र अटो रिक्सा चालाएर जिविको पार्जन गर्दै आएकाहरुको निःशुल्क स्वास्थ्य वीमा नगरपालिकाबाट गर्ने तयारीमा आफूहरु जुटेको बताए । गरीब तथा सीमान्कृत परिवारसँग सम्वन्धीत रहेका त्यस्ता परिवारहरुको कल्याणका निम्ति इनरुवा नगरपालिकाले यस्तो योजना ल्याएको इनरुवा नगर प्रमुख मेहताको भनाई छ ।
इनरुवा नगरपालिका क्षेत्रमा एक सय ५० बढी अटो रिक्सा चालकहरुलाई निःशुल्क स्वास्थ्य वीमा गर्ने मेहताले उद्घोष गरेका छन् । दिनभर ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेर घरपरिवार चलाइरहेको अटो रिक्सा चालकलाई निःशुल्क विमा गर्ने तयारी गरेको मेहताले बताए । नगरपालिकाका अटोरिक्सा चालकलाई वीमा गरिदिए उनीहरुलाई स्वास्थ्य समस्या भए निःशुल्क उपचार गर्न पाउने सुविधा भएकोले आफूले वीमा गर्न लागेको बताए । एक जना बराबरको तीन हजार पाँच सय बराबरको वीमा गरीदिए उनीहरुले एक लाख बराबरको उपचार पाउने व्यवस्था भएको हुदाँ आफूले उनीहरुलाई पनि निःशुल्क स्वास्थ्य वीमा गर्न लागेको बताएका छन् । यस अघि यातायात मजदुरहरुको पनि एक सय बढीको निःशुल्क स्वास्थ्य वीमा गरीदिएको उनले जानकारी दिए ।
Discussion about this post