• pradeshpoint
  • Pradeshpoint
Sunday, May 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मुसहर समुदायकी छोरी कालो अक्षर लेखेर पढ्ने धोको मेट्दै

मुसहर समुदायको किशेरीहरु शिक्षामा अग्रसर हुदैँ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ३० गते, १८:१३ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मुसहर समुदायकी छोरी कालो अक्षर लेखेर पढ्ने धोको मेट्दै
183
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव / इनरुवा ।

सुनसरीको कोशी गाउँपालिका वडा नं.६ श्रीपुर र वडा नं.७ हरिपुर स्थित मुसहर बस्तीमा कोही नौलो व्यक्ति गएपछि उनीहरुको अनुहारमा मुस्कान आउन थालेका छन् ।
कोशी गाउँपालिकामा रहेका मुसहर समुदायका बालिका तथा किशेरीहरुको लागि निरन्तर दुई वर्ष यता स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन) तथा साझेदार संस्था आसमान नेपाल, जावास नेपाल , साहास नेपाल संस्थाहरुले विभिन्न कार्यक्रमहरु लिएर पुगेपछि उनीहरुको अनुहारमा मुस्कान आउँने गरेको स्थानीय सरस्वती सदाले जानकारी दिइन् ।
सो संस्थाहरुले मुसहर समुदायका बालिका तथा किशेरीहरुलाई शिक्षामा पहुँच तथा शिक्षा क्षेत्रमा अग्रसर बाउने र विद्यालयमा निरन्तरताका लागि समुदाय स्तरमा ६ महिना सम्म निरन्तर अनौपचारिक शिक्षा तथा नयाँ प्रविधि टोल विधि द्धारा प्रदान गरिरहेको कारण अनुहारमा मुस्कान आएको बताउँछिन् ।


मुसहर समुदायको बालिका तथा किसोरीहरुलाई सशक्त र चेतनशिल बनाउनका लागि साथै व्यवहारमा सकारात्मक परिर्वतन ल्याउन र आफ्नो हक अधिकार बिरुद्ध आवाज उठाउन सक्ने र सेवा सुविधामा पहँुचसम्म पुग्नसक्ने सशक्तिकरणको लागि जिवन उपयोगी सीप र शिक्षाका कक्षाहरु संचालन गरी समुदायको व्यवहारमा परिवर्तन आएको बताउछिन् ।
जिविकोपार्जन र आर्थिक उन्नतिकालागि सामान्य जिवनशैलीमा गरिवीको अवस्थामा सुधार ल्याउनुको साथै भविष्यमा सीप विकास गर्नको लागि व्यवसायीक तालिम तथा बिभिन्न सीपमुलक व्यवसायहरु मुसहर समुदायका बालिका तथा किसोरीहरुलाई प्रदान गरिएको कारण गाउँमा मुसहर समुदायका सिंगो बस्ती नै खुशी रमाइरहेका छन् ।


उता केही वर्ष अघि समुदायमा पछाडी पारिएका र च्यापिएर बसेका मुसहर बालिका तथा किशेरीहरुले चाहेरपनि गर्न नसकेको काम अहिले धमाधम गर्न थालेका हुन् ।
सो समुदायमा कुनै नौलो व्यक्ति गएपछि हाम्रो आयो की भनेर उनीहरु हतारमा स्वागत समेत गर्न बेर लगाउँदैनन् ।
कोही नयाँ व्यक्ति अथवा संस्था आयो भनेर हाम्रै समुदाय वा हाम्रै लागि केही तालिम लिएर आयो की ? स्वागत गर्ने गरेका छन् ।
तर स्वागतको रह्ष्य उदाहरणीय रहेको छ । वास्तविकता हेर्दा तपाईलाई विश्वास नलाग्न सक्छ ।
विगतका दिनहरुमा समुदायबाटै पछाडी पारिएका मुसहर बालिका तथा किशेरीहरुले अहिले केही गरेर देखाउन सक्ने भएको कोशी गाउँपालिका वडा नं.६ की स्थानीय कल्पना सदाले जानकारी दिइन् ।
स्थानीय कल्पनाले दिएकी जानकारी अनुसार विगतका वर्षमा पछाडी पारिएको समुदाय अबका दिनमा केही गर्न सक्ने र आफ्नो हक अधिकारको बारेमा अवाज समेत उठाउन पछि नपर्ने बताइन् ।


उनी भन्छिन् कोशी गाउँपालिकाको वडा नं.६ को मुसहरी टोल र वडा नं.७ को पटना टोलमा स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन)को नेतृत्व तथा आसमान नेपाल, जानकी महिला जागरण समाज (जवास) र सहयोगी हातहरुको समुह (साहास) नेपालको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन भएपछि यहाँका मुसहर समुदायका बालिका तथा किशेरीहरु अबका दिनमा केही गर्न सक्छन् भनेर बताउँछिन् ।
सो समुदायमा विभिन्न संघ संस्थाहरुको साझेदारीमा मुसहर बालिका तथा किशेरीहरुको शिक्षा, सशक्तिकरण तथा जीविकोपार्जनका लागि संचालित मार्जिन लाइफ नो मोर (एमएनएम) परियोजना अन्तर्गत विभिन्न तालिमहरु संचालन गरिएका छन् ।
मुसहर समुदायका बालिका तथा किशेरीहरुको लागि कोशी गाउपालिका भित्र मुसहर समुदायका बस्ती रहेका १० वटा टोलमा जम्मा २ सय ५५ जना मध्ये १० देखि १४ बर्षका १४८ जनालाई विद्यालय भर्ना गराएका छन् । भने १५ देखि १८ बर्ष उमेर समुहका १०७ जनालाई जिविकोपार्जनका लागि तालिम साथै सामाग्रिहरु उपलब्ध गरेका छन् ।
विद्यालय भर्ना भएका किसोरीहरुलाई विद्यालय जान पोशाक र १ वर्ष पुग्ने गरी शैक्षिक सामाग्री समेत वितरण गरिएकाले सो समुदायका बालिका तथा किशेरीहरु खुशी भएका हुन् ।


त्यस्तै समुदायमा किशोरी छलफल समुह संचालन गरी विद्यालय भर्ना गरिएको किसोरिहरुका लागि होमवर्क क्लब समेत समेत गठन गरिएको स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन) की शिक्षा अधिकृत भावना ऋषिदेवले जानकारी दिइन् ।
उता कोशी गाउँपालिका वडा नं.७ स्थित सुकुम्बासी टोलमा सुकुम्बासी किशोरी छलफल केन्द्रमा अध्ययनरत्त लक्ष्मी कुमारी सदा अहिले माध्यमिक तह अध्ययन गरिरहेकी व्यस्त छिन् । उमेरले १६ पुगेकी सदा दुख गरेर घरदेखी १७ किलोमिटर टाढा रहेको सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको सुनसरी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययन गरिरहेकी छिन् ।


उनी भन्छिन्, ‘पढ्ने रहर छ । तर, पढ्न पाइएन जस्तो लाग्छ । अहिले त्यो धोको दुःख गरेर मेट्दै छु । सरले पढाएको कुरा घरमा आएर गर्नुपर्छ । उता बावाआमालाई घरपरिवार चलाउन र बालबच्चा पाल्न नै समय अपर्याप्त हुँदासमेत सक्नेजति पढ्ने प्रयास गरिरहेकि बताइन् । बावाआमाले दुःख गरेर कमाएको सानो रकमले क्याम्पस फि तिरिहेको बताइन् । मलाई पढ्न कसैले सहयोग गरेको छैन् । पढ्ने मन नभएको होइन् पढ्ने मन छ तर अबका दिनमा कसरी उच्च शिक्षा सम्म पढ्छु भनेर दिनरात सोच्ने गरेको बताउछिन् । उनी भन्छिन् मुसहर समुदायमा बालिकाहरुलाई कालो अक्षर लेखेर पढ्ने धोको मेटाउन सहयोग पुर्याउने स्ट्रिट चाइल्ड अफ नेपाल (स्कोन), नेतृत्व तथा आसमान नेपाल, जानकी महिला जागरण समाज (जवास) र सहयोगी हातहरुको समुह (साहास) नेपाल लगायतका संस्थाहरुप्रति अभारी रहेको बताइन् ।
त्यस्तै मुसहर समुदायमा रहेका बालिका तथा किशोरीहरुलाई शिक्षा हासिल गर्नका लागि स्थानिय गाउँपालिकाबाट सहयोगको अपेक्षा गरेको छन् । तर कोशी गाउँपालिकाले मुसहर समुदायका बालिका तथा किशोरीहरुलाई हाल सम्म कुनैपनि सहयोग नगरेको बताइएको छ ।

Tags: किशेरीहरुछोरी कालो अक्षरमुसहर समुदायकीमुसहर समुदायकोलेखेर पढ्ने धोको मेट्दैशिक्षामा अग्रसर हुदैँ

Related Posts

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist