विराटनगर / संविधान निर्माणमा भूमिका खलेका मोरङका नौ जना संविधानसभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम सच्याउनु पर्ने बताएका छन् । बिहीबार विराटनगरमा छलफल पछि नौ जना संविधानसभा सदस्यहरुले प्रधानमन्त्री ओलीको कदमको भत्र्सना गर्दै सच्याउनु पर्ने बताएका हुन् ।
बैठकमा सहभागीहरुले संविधानमै नभएको प्रावधान टेकेर संसद् भङ्ग गरेकाले प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने बताए ।
छलफलमा विराटनगमा उपलब्ध २०६४ र २०७० सालका संविधानसभा सदस्यहरु थिए । बैठकमा ओली समूहका सभाषद भने गएनन् । ‘धेरै साथीहरु काठमाडौँतिर हुनुहुन्छ । यहाँ उपलब्ध नौ जना छलफलमा बस्यौं ।’ जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संविधानसभा सदस्य जयराम यादवले भने, ‘प्रधानमन्त्री ओलीको ५ पुसको निर्णय सच्याउनु पर्ने निष्कर्ष निकाल्यौँ ।’
जनता समाजवादी पार्टीको प्रदेश १ संसदीय दलको नेतासमेत रहेका यादवले संविधानमै उल्लेख नभएको धारा टेकेर संसद विघटन गरेकाले सच्याउन माग गरिएको बताए । संसद् विघटनविरुद्ध पुनः छलफलमा बसेर थप कार्यक्रम गर्ने निर्णय भएको उनले बताए ।
बैठकमा डिगबहादुर लिम्बू, शिवकुमार मण्डल, यशोदा अधिकारी, गोपी अछामी, जयराम यादव, आशादेवी सरदार, शान्तिदेवी राजवंशी, जोगिलाल यादव सावित्रीकुमार काफ्ले सहभागी थिए ।
Discussion about this post