टीकापुर / कैलालीको टिकापुरकाे वडा ७ बैदीमा भेटिएको अजिङ्गरलाई सामुदायिक वनमा छाडिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ७ बैदीमा देविलाल ओलिकाे पुरानो भत्किएको घरमा भेटिएको करिब दुई मिटर लम्बाइ भएको करिब १० किलो ग्राम ताैल भएको लाेपाेन्मुख अजिङ्गर लाई सत्ति कर्णाली सामुदायिक वन क्षेत्रमा छाडिएको प्रहरी चाैकी कालाकुण्डाका ईन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।
स्थानीय बासिन्दा ,सामुदायिक वनका प्रतिनिधि र प्रहरीकाे राेहवरमा अजिङ्गरकाे बासस्थानकाेरुपमा रहेको सत्ती कर्णाली सामुदायिक वनमा छाडिएको बताइएको छ । अजिङ्गर लाई लाेपाेन्मुख सरिसृपकाे रुपमा राखिएको छ । समय समयमा समुदायमा देखिने गरेका अजिङ्गर लाई सत्ति कर्णाली सामुदायिक वनमा छाडिने गरेको छ ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...











Discussion about this post