सुनसरी । नेपाल डेभलपमेन्ट सोसाइटीले सुनसरीको भोक्राह नरसिंह र हरिनगर गाउँपालिकाको विभिन्न वडाहरुमा वसोवास गर्ने गरिब तथा अति विपन्न परिवारलाई संस्थाका अध्यक्ष नजरूल हुसेनको उपस्थिति, विशिष्ट अतिथि हरिनगर गाउँपालिका की उप प्रमुख रिमझिम भगत तथा राज्य मन्त्री जाकिर हुसेनेको प्रमुख आतिथ्यता ५६० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
शुक्रबार भोक्राह नरसिंह र हरिनगर गाउँपालिकाको वडा- १, ३, ४, ५ र ६ गरी ५ सय ६० जना परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । प्रत्येक परिवारलाई २५ सय बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारिले गर्दा दुई छाक टार्न पनि कठिन भएका दैनिक ज्याला मजदुरी गर्ने घर परिवारलाई चामल, दाल, नुन, तेल, पिठो, चिनी, साबुन आदि खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष नजरुल हसनले खाद्यान्न वितरण गर्दै गरिब तथा अति विपन्न परिवारलाई ज्याला मजदुरी गरि जिविको पार्जन गर्नेलाई राहतले सहज पुग्ने विश्वास गरेका छन्
Discussion about this post