इनरुवा, बैशाख ९ गते । सुनसरीको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका राजनीतिक दलहरु र उम्मेदबारहरुलाई आ आफ्नो घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, खाध्य र आवाशका सबाललाई प्राथमिकतामा राख्नसपर्ने सुझाव सहित ज्ञापन पत्र बुझाइएको छ । दुवै पालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुनसरी र मानव अधिकार समूह भोक्राहा नरसिंह समितिले सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा जनप्रतिनिधिहरुले गरेका राम्रो कार्यलाई रिन्तरतता र वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र जारी गर्दा शिक्षा, स्वास्थ्य, खाध्य र आवाशका सबाललाई प्राथमिकतामा राख्नका लागि ज्ञापन पत्र बुझाएको मानव अधिकार समूह कोशीका सचिव विष्णु कुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार समूहले जिम्मेबार निकायलाई जवाफदेखी बनाउने परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाध्य र आवाशका सबाललाई प्रभावकारी बनाउन तथा वकालत गर्न गाउँमा मानव अधिकार समूह र विद्यालयमा बाल अधिकार चेतना समूह गठन गरि त्यसैको समन्वय तथा गाउँपालिकाको कार्यालयको सहकार्यमा काम गर्दै आएको सन्दर्भका सबै दलहरु र उम्मेदबारलाई स्थानीय तह निर्वाचनमा आ आफ्नो घोषणा पत्रमा संविधानमा उल्लेख भएको मौलिक हकहरुमा पर्ने शिक्षा, स्वास्थ्य, खाध्य र आवाशका लागि थप प्रभावकारी काम गर्ने गरि प्रतिवद्धता सहितको घोषणा पत्र ल्यउन माग गरिएको यादवले बताउनुभयो । कोशीमा प्रमुख राजनीतिक दल नेपाली काग्रेंसका विरेन्द्र प्रसाद यादव, नेकपा एमालेका रामखेलावन साह, लोकतान्त्रिक समाजवादी पार्टीका बलराम यादव, नेकपा एसका ब्रहमदेव यादव सहितलाई बैशाख ९ गते ज्ञापन पत्र बुझाएको यादवले जानकारी दिनुभयो ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख राजनीतिक दल जनता समाजवादी पार्टीका महेन्द्र प्रसाद यादव, नेपाली काग्रेंसका सभापती युवराज दाहाल, नेकपा एमालेका अध्यक्ष रामकुमार मेहता, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एसका सहितलाई पनि ज्ञापन पत्र बुझाएको मानव अधिकार समूह भोक्राहाका सदस्य सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।
दुवै पालिकामा बुझाएको ज्ञापन पत्रमा सबै विद्यालयहरुमा नियमित पठनपाठनको व्यवस्थाको ग्यारेण्टी, विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना, निशुल्क शिक्षालाई प्रभावकारी र नियमित पार्ने शैक्षिक गुणस्तर कायम गर्नुपर्ने, सबै स्वास्थ्य संस्थाहरुमा नियमित सेवा निशुल्क औषधीको व्यवस्थाको ग्यारेण्टी, स्वास्थ्य संस्थाहरु कार्यालय समयसम्म संचालन र सेवामा प्रभावकारी बनाउनुपर्ने सुझावलाई कार्यान्वयन गर्ने गरि घोषणा पत्रमा समावेशश गर्न आग्रह गरिएको छ । त्यसैगरी कृषिका लागि मल, विउँ र कृषि औजार तथा सिचाईको व्यवस्था गर्नुपर्ने , पशुपालन र कृषिमा थप अनुदानका कार्यक्रम ल्याउनुपर्ने, सुकुम्बासीका समस्या समाधान र व्यवस्थित बसोबासका लागि ध्यान दिनुपर्ने, बजार अनुगमन गर्ने, स्वास्थ्य खानेपानी, पोषण र खोपका कार्यक्रममा गुणस्तर कायम गर्नुपर्ने, दिवा खाजा कार्यक्रमलाई खाजा खुवाउने कार्य नै गरि कार्यान्वयन गर्नुपर्ने , नागरिकको स्वास्थ्य उपचारका लागि गाउँमा १५ शैय्याको अस्पातल निर्माणमा ध्यान दिनुपर्ने, नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभुती दिलाउन प्रतिवद्धा जनाउनुपर्ने र विकास, सुशासन, समृद्धि, जवाफदेहिता र जनसहभागितामा ध्यान दिनुपर्ने लगायतका कुरा घोषणा पत्रमा समावेश गर्न आग्रह गरिएको इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिनुभयो ।
Discussion about this post