दिपेन्द्र यादव/ इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित बलुवाटारमा कृषि उपकरण वितरण गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले वडा नम्बर १ स्थित बलुवाटारका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको छ । शनिबार भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ बलुवाटारमा भाेक्राहा साना किसान कृषि शहकारी संस्था लिमिटेडले आयोजना गरेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गतको मकै उत्पादन कार्यक्रममा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हाे ।
कृषि उपकरण वितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष आजादले भने यस क्षेत्रका कृषकहरुको समस्या समाधान गर्नका लागि अगामी बजेट तथा नीति कार्यक्रममा पहल तथा प्रयास गर्ने बताए ।
उनले यस क्षेत्रका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले त्यसलाई समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको कार्यक्रममा बताए ।
उनले भने यस क्षेत्रका कृषकहरूले समयमा बिउँ, मल, कृषि उपकरण, नपाउनु लगायतका बिबिध समस्या रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नका लागि गाउँपालिकाको आउने बजेटमा बिषेश प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उता कृषि उपकरण वितरण कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चाैधरीले भने सरकारी अनुदानहरु वास्तविक कृषक समक्ष प्रत्यक्ष रुपमा नपुग्दा कृषकले सोचे अनुसारको लाभ उठाउन नसकेको बताइन् ।
यस वर्ष अर्थात चालू आर्थिक वर्ष २०७८/७९ मा भाेक्राहा नरसिंह गाउँपालिकाले सशर्त अनुदानको भरमा रहेको र स्थानीय तहले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरेकाे कारण वास्तविक कृषक समक्ष कार्यक्रम पुर्याउनका नसकेको बताइन् ।
यस वर्ष सम्भवतः स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र विशेष कृषि प्याकेजकाे व्यवस्था समेत गर्ने र पालिका अध्यक्षले समेत बिषेश पहल गरिरहेकाे उनले बताइन् ।
उनले कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तरगतकाे मकै उत्पादन प्रवद्वन कार्यक्रम आर्थिक वर्ष २०७८/७९ अन्तगत छनाैट भएका ५ वटा कृषि सहकारी मध्ये शुक्रबार मिथिला कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर ७ र माधुरी सहकारी संस्था लिमिटेड वडा नम्बर ३ ले ब्लक क्षेत्रमा आवद्व रहेका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको थियोे भने आज शनिबार भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले ब्लकमा छनाैट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेका छन् ।
ब्लक क्षेत्रमा आवद्व रहेका विभिन्न सहकारी संस्थाहरू मध्ये भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार मिनिटिलर १ थान, मकै थ्रेसर खाेस्टा सहित दाँइ गर्ने १ थान, मकै प्लान्टर अटाेमेटिक १ थान, पावर स्प्रेयर ३० थान, काेदालाे टाटा कम्पनीकाे डन्टा सहितको १२४ थान विभिन्न किसानहरूलाई वितरण गरेका छन् ।
साे कार्यक्रममा भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश मेहताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख अतिथिय्ता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता,प्रशासन शाखा प्रमुख बसन्तप्रभा खनाल, कृषि शाखा प्रमुख रेनुका चाैधरी, श्यामाश्याम कृषि सहकारी संस्था लिमिटेडका प्रविण मेहता, प्रहरी चाैकी अकाहाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, संचारकर्मी सुरेन्द्र मेहता , गाउँपालिका अध्यक्षका स्वकीय सचिव साेहिल अंसारी लगायतका सहकारी आवद्व रहेका किसानहरूकाे समेत सहभागीता रहेको थियो ।
Discussion about this post