इटहरीः खोटाङ्ग जिल्लाको बराहापोखरी गाउँपालिकाले ऐन विपरित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले स्वकीय सचिव र कानुनी परामर्शदाता नियुक्ति गरेर पालिकाको साढे सात लाख बजेट स्वाहा पारेको पाइएको छ ।
प्रदेश नम्बर १ अन्तर्गतको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ ले यस प्रदेशमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन् । तर यस बराहापोखरी गाउँपालिकाले भने अध्यक्ष शालिकराम बन्जारा र उपाध्यक्ष गोमा मगरको स्वकीय सचिव र कानुनी परामर्शदाता समेत राखेर उनीहरुको तलवभत्तामा पालिकाको सात लाख ५३ हजार ६ सय ६ रुपैयाँ एकै बर्षमा सकाएको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।
निजि सचिव खेमराज दाहाल र शिवन राईलाई मासिक १७ हजारका दरले १३ महिनाको तलव भत्ता भुत्तानी गर्दा २ लाख २१ हजार रुपैयाँका दरले ४ लाख ४२ हजार रुपैया स्वाहा भएको छ । भने कानुनी परामर्शदातामा ओमप्रकाश घिमिरेलाई नियुत्त गरेर मासिक २६ हजार ६ सय १० रुपैयाँको दरले १२ महिनाको तलव भत्ता वापत ३ लाख १९ हजार ३ सय २० रुपैया भुत्तानी गरिएको छ । कानुनी परामर्शदातालाई बर्षमा एक महिनाको थप खर्च भने भुत्तानी गरेको देखाइएको छैन् ।
यस गाउँपाकिलिकाले निजि सचिव र कानुनी परामर्शदातामा मात्रै आर्थिक बर्ष २०७६ /०७७ मा ७ लाख ५३ हजार ७ सय ६ रुपैयाँ सकाएको छ । जुन कानुन बाहिर रहेर सकिएको खर्च हो ।
गाउँपालिकालाई यसरी कर्मचारी नियुत्त गर्न स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ को उपदफा ८ मा तोकीएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती गर्न नहुने समेत उल्लेख गरिएको छ । तथापी गाउँपालिकाले त्यतातिर समेत वास्ता गरेको पाइदैन् ।
कार्यविधि बिनै बाँडेरै सकियो गाउँपालिकाको झण्डै १४ लाख रकम
बराहापोखरी गाउँपालिकाले सोझो तोक आदेशको भरमा कार्यविधि र मापदण्डविनै झण्डै १४ लाख रुपैयाँ बाँडेको पाइएको छ ।
सार्वजनिक खर्च मितव्यीता र प्रभावकारीता कायम गर्ने सम्बन्धी निति मार्गदर्शन २०७५ अनुसार तोकिएको मापदण्डभित्र रहेर औषधीउपचार र संघसंस्थालाई आर्थिक सहायता र प्रोत्साहन वापतको खर्च उपलव्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।
तर बराहापोखरी गाउँपालिकाले भने त्यो नियमलाई वेवास्ता गर्दै गाउँपालिकाका पदाधिकारीको सोझो तोक आदेशको भरमा ५ हजार रुपैँया देखि ३० हजार रुपैँया सम्म बाँडेको पाईएको छ । कार्यकर्ता खुसि पार्न विभिन्न बहानाका गाउँपालिकाका पदाधिकारीले यसरी १३ लाख ९० हजार ३ सय २५ रुपैँया रकम स्वाहा पारेको पाईएको हो । यो सबै रकम आर्थिक सहायता शिर्षकमा खर्च गरिएको पाइएको छ ।
Discussion about this post