मान बहादुर ठकुल्ला
भजनी / कैलाली भजनी नगरपालिका स्थित प्रहरीले ठुलाे परिणाममा भारतबाट अबैधरुपमा नेपाल ल्याएकाे चिनी पक्राउ गरेकाे छ । भजनी नगरपालिका वडा न २ गाैनियाबाट बेवारिसे अवस्थामा रहेकाे ३२ क्विन्टल चिनि बरामद गरेकाे ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक नर बहादुर साउँदले जानकारी दिए ।
आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय भजनीबाट सादा पाेशाकमा खटिएकाे प्रहरी टाेलिले बेवारिसे अवस्थामा रहेकाे चिनी बरामद गरेकाे प्रहरी निरिक्षक साउदले जानकारी दिएका छन । बरामद गरिएकाे चिनी आवश्यक कारबाही का लागि सत्ती भन्सार कार्यालय खक्राैला पठाएको समेत जानकारी दिएकाे छ । सिमा क्षेत्रमा करिब २ किलोमिटर काे दुरिमा शसस्त्र प्रहरीकाे बिओपी भएकाे भए पनि चाेरी तस्करी राेक्नमा कुनै चासाे नदेखाएकाे स्थानिय बासिन्दाकाे आराेप रहेकाे छ । पछल्लाे केही महिना यता भजनी क्षेत्रबाट व्यापक चाेरी तस्करी हुनेगरेकाे स्थानिय बासिन्दाकाे भनाई रहेकाे छ ।
Discussion about this post