सुरेन्द्र मेहता /इनरूवा । आपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक तथा विभिन्न जातजाती आधारित होलि गित सार्वजनिक गर्ने भएको छ ।
तराई मधेस सँगै पहाडमा फाल्गुन पुर्णिामाका दिन मनाइने रङ्गै रङ्गको पर्व होलिले हाम्रो समाजको मुल्य मान्यता तथा परम्परामा आधारित गित सार्वजनिक गर्ने भएको हाे ।
बहुभाषिक होलि गितको बोल” होलि गित पहाड तराई एउटै हामी ” रहेको छ ।
निर्मातामा झोटन मेहताले रहेका हुन्। भने
कलाकारहरु रार्जी भिलेन, ,आरिफ हुसेन , विवेक मेहता, रविन्द्र मेहता,सुनसरी जिल्ला संस्कृति अध्यक्ष जगदीश मेहता, जीव नाथ पोखरेल ,एस एन मेहता अभिनय गरेका छन् ।
कोरियो ग्राफी प्रकाश अनुरागले गरेको छ । भने गितको मोडेल सारदा नेपाल , कन्चन महतो रहेको छ ।
सुटिङ्ग स्थलहरु इनरुवा नगरपालिकाको बबिया, रामजानकी मन्दिर परिससर , इनरुवा बसपार्क लगायत ठाउँहरुमा सुटिङ्ग गरिएका छन्।
होलि गितमा नेपाली र मैथिली गरि दुई गरि विभिन्न सामुदायिकका जात जाती भाषा भाषी लाई समेटिएको छ ।
पहाडमा लगाउने ढाका टोपी , तराईमा धोती कुर्ता , निलो,हरियो रातो रङ्ग हामी सबैको एउटै मन” शब्द रहेको
गितको रचनाकार तथा संगीतकार झोटन मेहताले गरेको छ ।
स्वर झोटन मेहता र सरोज मुखियाको रहेको छ भने संगीत संयोजन तथा रेकर्डिङग मेघ म्युजिक स्टुडियो मिर्चैयाका संचालक मन्जय अन्सारीले गरेका छन् ।
अपन स्वर्ग नेपाल युटुब चेनल बाट फाल्गुन १० गते साँझ ५ बजे सार्वजनिक गर्ने भएको झोटन मेहताले जानकारी दिएका हुन्।
सबै सामुदायिक लाई विभेद , छुवाछूत , चेतना मुल्क सन्देश दिन खोजेको छ। साथै तराईमा तराईमा होलि गितको विकृती भाउजू , साली , दिदीबहिनी दाजु भाइहरुमा सकारात्मक उर्जा दिने गित निर्माताले जानकारी दिए ।
Discussion about this post