बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ नम्बर वार्ड कार्यसमितिले पिडारी टोलमा २७ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको सभापतिमा राम राउत, उपसभापतिद्वय सीता लुइँटेल र लक्ष्मी बस्नेत थापा, सचिवद्वय सुवास रिजाल र मन्दिरा थापा, कोषाध्यक्ष रिता चौधरी र सह सचिवमा दिपेश घिमिरे रहेका छन् । यस्तै, सदस्यहरुमा गोपाल थापा, पार्वती शाह, नारायण खड्का, रामलाल चौधरी, मातृका धिमाल, उषा पराजुली, पुष्पलाल लुइँटेल, शोभा सापकोटा थापा, मन्जु लुइँटेल, सावित्री निरौला, लाभेस पराजुली, बिपना श्रेष्ठ, कल्पना थापा, पोषण चौधरी, केशब खड्का, शशी मेहता, अनिश बस्नेत, सिर्जना चौधरी, सीता बस्नेत, कमला कार्की र दिवन खत्री रहेका छन् ।
पिडारीस्थित कमल पोखरीमा भएको गठन कार्यक्रममा समितिले आफ्नो टोलमा रहेका दृष्टिबिहिन बाबुराम निरौला, ९१ वर्षीय बृद्व बद्रीनाथ भट्टराई र अर्का एक बृद्वलाई खादासहित सम्मान समेत गरेको छ । बृद्वहरुको हौसला र अनुभवले समाजलाई उत्प्रेरित गरिरहेकोले समाजका गौरवको रूपमा सम्मान गरिएको वार्ड समितिका सभापति नुतन धामीले जानकारी दिए ।
यसैगरी कांग्रेस बराहक्षेत्र ४ वार्ड समिति निरन्तर संगठन विस्तारमा लागिपरेको समितिका सचिव सुबिन विश्वकर्माले जनाए । उनले भने, हामीले आजै तीनवटा टोल गठन गरिसक्यौं, जहाँ गएपनी कांग्रेसको जनलहर ह्वात्तै बढेको देखिन्छ ।
पिडारी बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बस्ने गाउँ भएकाले समेत विशेष रूपले हेरिन्छ । आजको गठन कार्यक्रममा समितिका उपसभापति भुपाल खड्काको सभादक्षयतामा महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेल, क्षेत्रीय सचीव १ (ख) राजेन्द्र् खड्का, नगर उपसभापति र सहसचिव क्रमशः जित बहादुर कार्की (क्यान्टिन) र दिवान सिंह राई, काशीराम चौधरी लगायतका नेता तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...











Discussion about this post