महेश सिंह सिरहा/ लहान । महुली लघुबित बितीय संस्था भगवानपुर सखाको वार्षिक केन्द्र प्रमुख तथा उप-प्रमुखहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक बर्ष संस्थाले निरन्तर समिक्षा गोष्ठीहरु गर्दै आएका छन्।
भगवानपुर सखामा जम्मा २१८८ सदस्य रहेको छ भने १४१ केन्द्र रहेका भगवानपुर सखाको सखा प्रबन्धक तराकांन्त चौधरीले जानकारी दिनुभयो।
केन्द्र ९२ का प्रतिनिधि गिरीजा यादवको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने दोश्रो दिनको कार्यक्रम अध्यक्षमा केन्द्र नम्बर १ का प्रतिनिधि अनुपम भणडारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि अनिल मंण्डल रहनु भएको कार्यक्रममा हजारौं महिला सदस्यहरुको सहभागीता रहेको लहान सखाको सखा प्रबन्धक/म्यानेजर सन्तोष कुमार यादवले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरुलाई लहान सखाको प्रबन्धक सन्तोष कुमार यादव, तराकांन्त चौधरीले सहभागीहरुलाई सहजीकरण गरेका संन्जु चौधरीले जानकारी दिनु भयो।
पहिलो दिनको कार्यक्रममा १२५ सहभागी संख्या रहेको थियो भने दोश्रो दिनको कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको सेन्टर म्यानेजर रामानन्द चौधरीले बताए।
१४१ केन्द्र मध्येबाट प्रथम,दोश्रो,तेस्रो,चौथो हुने केन्द्रका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए। प्रथम हुने सम्झना महिला बिकास महेश्वारी केन्द्र नम्बर २९ का प्रतिनिधिलाई पुस्कार स्वरुप नगद रु. ४ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए। दोश्रो हुने महालक्ष्मी महिला बिकास केन्द्र नहरा रिगौल केन्द्रका प्रतिनिधिलाई नगद रु.३ हजार प्रमाणपत्र दिए समान गरेका हुन।
तेस्रो हुने श्री रामजानकी महिला बिकास केन्द्र खोखसी जानकि नगरका प्रतिनिधिलाई नगद रु.२ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए तेसै गरी चौथो स्थान प्राप्त गर्नु भएका राजदेबी महिला बिकास केन्द्र मिर्जापुर केन्द्रका प्रतिनिधिलाई नगद रु.१००० एक हजा र प्रमाणपत्र सहित सम्मान गरेका सेन्टर म्यानेजर राजेश कुमार साहले जानकारी दिनु भयो। उक्त कार्यक्रमको उदघोषण महुली बितिय संस्थाका सेन्टर म्यानेजर रमेश कुमार यादवले जानकारी दिनुभयो ।
Discussion about this post