इनरूवा । सुनसरी क्षेत्र नं ४ मा हिन्दुहरुको महान् पर्व छठ पूजाको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइ मनाएको छ । आज साँझ घर देखि खोला सम्म बनाइएको छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका छन्।
चार दिनसम्म मनाइने छठ पूजाको आज विशेष दिन हो । आज व्रतालुसहित परिवारका सदस्यहरू घरनजिकको पोखरी, नदी, जलाशय तथा कृतिम पोखरीमा निर्मित छठी घाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
उता नयाँ–नयाँ वस्त्र लगाएर व्रतालुले बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पातसहितको मूलालगायतका फलफूल र प्रसाद राखेर अर्घ दिएका छन्।
अर्घपछि केही व्रतालु घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन । अस्ताउँदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै व्रतालुले व्रत तोड्ने गरेका छन्।
छठ पूजा गर्ने व्रतालुले कठोर व्रत गर्ने गरेका छन्। छठको पहिलो दिन नहाई खाइपछि दोस्रो दिन खरना विधिअन्तर्गत रोटी खाएका व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुअघि निराहार व्रत बस्ने गरेका छन् ।
राजनितीक हिसावले अति नै चासोको रुपमा हेरिएको सुनसरी निर्वाचन क्षेत्र नं ४ मा यसवर्षको छठ पर्व गत वर्षको भन्दा फरक तरिकाले मनाइएको छ । कहिले छठ पर्वमा अनुहार नदेखाएका सरकारी कुर्सिमा रमिता हेरेर बसेका सञ्चार, सूचना तथा प्रविधि र कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की समेत यस बर्ष मतदाताहरुलाई देखाउनका लागि सुनसरी खोला घाट पुगेर अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन । मन्त्री कार्की सत्ता गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रत्यक्ष तर्फका उम्मेदवार समेत हुन् । मन्त्री कार्की मतदाता फकाउन विभिन्न बहानाबाजी गर्न समेत पछि नपर्ने र आफ्नै क्षेत्रको जनतालाइ दुख र पिडा हुदा समेत आफु काठमाडौं बसेर रमिता हेरेको स्थानीय मतदाता रामकुमार यादवको कथन छ । त्यस्तै गत वर्ष मात्रै बेमौसमी बाढीका कारण सुनसरी क्षेत्र नं ४ का बाढी प्रभावित जनताहरु घरबार विहिन बने पनि कार्कीको नजर जनता प्रति नगएको र अहिले आएर कार्कीको अनुहार दिनदिनै गाउँगाउँमा देखिन थालेको सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र तर्फका उम्मेदवार बालेश्वर यादव बताउँछन ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार प्रोफेसर कुञ्जीलाल यादव विभिन्न छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका छन । प्रोफेसर यादव प्रत्येक वर्ष झैं यस वर्ष पनि विभिन्न घाटमा पुगेर छठी माताको पुजा अर्चनामा सरिक भएका छन । जनताको सुख दुख बुझ्ने ब्यक्तिको नामले परिचित प्रोफेसर यादव विभिन्न घाटमा पुगेर यस पालि पनि आमजनताको समस्या बारे छलफल गर्दै आफु निर्वाचित भएको खण्डमा समस्याहरुको समाधान गर्न तर्फ जोडतोडले लाग्ने समेत बताएका छन ।
उता जसपा र नेकपा एमाले गठबन्धनका साझा उम्मेदवार पुर्व मन्त्री समेत रहेका जगदिश प्रसाद कुसियैत समेत यस वर्षको छठ पर्वमा सरिक भएका छन । पुर्व मन्त्री समेत रहका कुसियैतले मन्त्री पदमा रहदा खासै उल्लेखनिय काम गर्न नसकेको कारण आलोचना खेप्नु परेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विद्यानन्द यादव पर्यटकीय उम्मेदवार रहेको देखिएको छ । निर्वाचन लड्ने बेला क्षेत्र नं ४ रोज्ने तर छठ मनाउन क्षेत्र नं ३ मा मात्र सिमित रहेको आरोप स्थानीय मतदाताहरुले लगाएका छन ।
Discussion about this post