इनरुवा । हिजो आइतबार जिल्ला अस्पताल इनरूवा सुनसरीको आयाेजनामा २ जना कर्मचारीहरूलाई सम्मानित गरियाे ।
तर सुनसरी जिल्ला अस्पताल इनरुवा ‘रेफरल सेन्टर’काे नाम परिवर्तन गर्ने उदाहरणीय व्यक्ति डाक्टर देवराज घिमिरेलाई कसले सम्मान गर्ने विषयमा आवाज उठ्न थालेको छ ।गाउँ-गाउँ बाट उपचार गराउन जाने बिरामीहरूकाे सेवामा अहाेरात्र खटिने जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरेलाई पनि सम्मान गर्नुपर्ने इनरूवा र भाेक्राहा नरसिंहका स्थानीयहरूले माग गरेका छन् ।
जिल्ला अस्पतालमा डाक्टर देवराज घिमिरे नहुदाँ उपचार गराउन आउने बिरामीहरूलाई सामान्य मलमपट्टीबाहेक अरू कुनैपनि उपचार हुँदैनथ्यो । साे अस्पताल परिसरमा एम्बुलेन्स लाम लाग्थ्यो । तिनीहरु ‘रेफर’ गरिएका बिरामी टिप्थे र हिँड्थे । तर अहिले अस्पताल उहीँ जिम्मेवारी फरक परेेपछि अस्पताल रेफर सेन्टरबाट उपचार केन्द्र बनेका छन् ।
जिल्ला अस्पतालमा करिब चार वर्षमा चार जना मेसु अदलीबदली भएको घटना हामी समक्ष उदाहरण जिवितै छ । पहिला पहिला अस्पतालमा डाक्टर कुटिनु सामान्य घटनाजस्तो लाग्थ्यो भने उपचार नपाएका बिरामीका आफन्त अस्पतलाई गालीगलौज गरिरहेका भेटिन्थे । तर अहिले अस्पतालका मेसु डाक्टर देवराज घिमिरेको सक्रियतामा बिरामीले उपचार पाइरहेका छन् ।
उनले गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई आफुले सक्ने सहयोग गरिरहेका छन् । कुनैपनि बिरामी अहिले जिल्ला अस्पतालमा उपचार नपाएर बाहिर जानुपर्ने अवस्था छैन् ।
तर अस्पताल उहीँ जिम्मेवारी फरक भएपछि एकाएक किन फेरियो जिल्ला अस्पतालकाे उपचार शैली यसमा सबैको ध्यान केन्द्रीत छदैछ ।
उता जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरेलाई हातमा हात मिलाएर अघि बढ्न प्रदेश सरकार र स्थानीय सरकार सकारात्मक छदैछ ।केही समयअघि जिल्ला अस्पतालका निमित्त मेसुहरूले अस्पतालको उत्थानभन्दा पनि सम्पर्क केन्द्र बनाएर इनरुवामा क्लिनिक चलाउने सोच राख्थे अधिकांश डाक्टर काम गर्नुपर्ला भनेर कर्मचारीले नै अस्पतालका उपकरण बिगारिदिन्थे , उपकरणको चिप्स समेत चाेरी गर्न लगाउने उदाहरण इनरूवावासीहरूले बिर्सेका छैन् ।
पहिला डाक्टर-कर्मचारी अस्पतालमा भेटिँदैनथे, कर्मचारी जानकारी नै नदिई बिदामा बस्थे भने काउन्टरमै रकम हिनामिना हुन्थ्यो । तर अहिले कुनै किसिमको आर्थिक हिनामिना भएको छैन् ।
डा. देवराज घिमिरे मेसुका रुपमा आएपछि सेवाग्राहीहरु भन्न थालेका छन्, ‘एउटा मेसुले कति फरक पर्दछ अस्पतालमा त्यसकाे कुनै महत्व छैन् ।’ हुन पनि एउटा बदनाम अस्पतालले काँचुली फेर्न सफल भएका डाक्टर घिमिरेलाई सबैलाई सम्मान गर्नुपर्ने जरुरी रहेको स्थानीयहरूकाे कथन रहेको छ ।उनले भौतिक पूर्वाधारले सम्पन्न चिटिक्क परेका भवन, फूलबारी, पार्किङस्थल मात्र होइन, रेफरको लाइन उपचारको लाइनमा बदलिएको छ ।
अस्पतालमा २४ घन्टै डाक्टर उपलब्ध हुन्छन् । बिहान १० बजे खुलेर दिउँसो ४ बजे बन्द हुने ल्याब, एक्स-रे र फार्मेसी २४सै घन्टा खुला हुन्छन् । इमर्जेन्सी सेवा चुस्त दुरुस्त छ । दैनिक बिरामीको संख्या अढाइ सयदेखि ५ सयसम्म पुग्छन्।
डा. घिमिरेले आफैं अग्रसर भएर अस्पतालमा शून्यबाट काम सुरु गरेकाे सायद कसैले बिर्सेर पनि बिर्सिदैन हाेला ।
उनले स्वतःस्फूर्त रूपमा टिम बनाएर काम गर्दै गयाे सफलता पाउदै गयाे तर उनले अझै अस्पताललाई बनाउन खाेजिरहेका छन् । हामी सबैलाई साथ दिन जरुरी रहेको भाेक्राहा नरसिंहका स्थानीय रन्धिर यादवकाे कथन छ ।
Discussion about this post