• pradeshpoint
  • Pradeshpoint
Friday, November 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बागमती प्रदेश सरकारले एक महिनामा ०.०६ प्रतिशत मात्रै खर्च

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ ८ गते, ११:३५ बजे प्रकाशित
in FEATURE, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बागमती प्रदेश सरकारले एक महिनामा ०.०६ प्रतिशत मात्रै खर्च
8
SHARES
Share on FacebookShare on Twitter

हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को एक महिनामा ३ करोड ८७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले निकालेको साउनसम्मको खर्च विवरणअनुसार यो यो रकम कुल बजेटको ०.०६ प्रतिशत हो ।

मन्त्रालयको विवरणअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले एक महिनामा पुँजीगततर्फ खर्च गर्न सकेको देखिँदैन भने चालुतर्फको अनिवार्य दायित्वको केही हिस्सा व्यहोरेको देखिएको छ ।

साउनमा प्रदेश सरकारले चालुतर्फ कुल विनियोजित बजेट २६ अर्ब ४ करोड ४६ लाखमध्ये ३ करोड १५ लाख ३४ हजार (०.१२ प्रतिशत) खर्च गरेको छ भने पुँजीगततर्फ विनियोजित ४१ अर्ब ४३ करोड २६ लाखमध्ये ७२ लाख रुपैयाँ (०.०२ प्रतिशत) खर्च गरेको हो ।

प्रदेश सरकारअन्तर्गत १४ वटा मन्त्रालय, आयोग तथा कार्यालयहरू छन् । यी संरचनामध्ये सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले खर्च गरेको छ । आयोगले कुल विनियोजित बजेटको ७.१० प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश सभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले विनियोजित बजेट खर्च गरेको छैन भने प्रदेश नीति तथा योजना आयोगको पनि साउनको वित्तीय प्रगति शून्य छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल विनियोजित बजेटको ०.२८ प्रतिशत (१५ लाख ६२ हजार रुपैयाँ) खर्च गरेको छ । कार्यालयका लागि चालु आर्थिक वर्षमा ५३ करोड ८० लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले २१ करोड ९५ लाख ६१ हजार रुपैयाँ बजेटमध्ये साउनमा २० लाख ४९ हजार रुपैयाँ (०.९३ प्रतिशत) खर्च गरेको छ । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले ७७ करोड ९६ लाख ६२ हजार बजेटमा वित्तीय प्रगति शून्य छ ।

यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब ६३ करोड ४२ लाखमध्ये ०.०३ प्रतिशत मात्र खर्च गरेको छ । खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयले ७ अर्ब २८ करोड २१ लाख बजेटमा ०.०१ प्रतिशत रकम खर्च गरेको छ ।

त्यस्तै आन्तरिक मामिला तथा योजना मन्त्रालयले ६२ करोड ११ लाख ९६ हजार रुपैयाँको बजेटमा ०.२८ प्रतिशत, संस्कृति तथा पर्यटन मन्त्रालयले ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँमा खर्च शून्य छ ।

साउनसम्म अधिकांश मन्त्रालयहरूको विकास बजेट प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समयमै योजनाको छनोट, टेन्डर प्रक्रिया तथा ठेक्का सम्झौता नगरी ढिलासुस्ती बढ्ने देखिन्छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयको ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २५ करोड ७८ लाख रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयको १ अर्ब १६ करोड ८० लाख रुपैयाँ बजेटमध्ये कुनै पनि शीर्षकमा खर्च भएको देखिँदैन ।

३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ बजेट रहेको स्वास्थ्य मन्त्रालयले ०.०५ प्रतिशत बजेट खर्च गरेको छ भने सामाजिक विकास मन्त्रालयको कुल विनियोजन ४ अर्ब ३५ करोड ९७ लाखमध्ये ०.२९ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल विनियोजित २४ अर्ब ८० करोड १९ लाखमध्ये चालुतर्फ ०.४४ र पुँजीगततर्फ ०.०३ प्रतिशत गरी कुल ०.०४ प्रतिशत बजेट खर्च गरेको छ ।

यी उल्लिखित विवरणले प्रदेश सरकारको खर्च कार्यान्वयन निकै सुस्त भएको संकेत गर्छ । साउनसम्म अधिकांश मन्त्रालयहरूको विकास बजेट प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समयमै योजनाको छनोट, टेन्डर प्रक्रिया तथा ठेक्का सम्झौता नगरी ढिलासुस्ती बढ्ने देखिन्छ ।

मन्त्रालयहरुले कर्मचारीको तलब नै दिएनन्

प्रदेश अर्थ मन्त्रालयको विवरणअनुसार पाँच वटा मन्त्रालयको चालुतर्फको खर्चसमेत शून्य छ । चालुतर्फ मन्त्रालयहरूका अनिवार्य दायित्वका शीर्षकहरू भने रहने गर्छन्, जसमा पहिलो र ठुलो रकम कर्मचारीको तलब र भत्ता समावेश गरिएको हुन्छ ।

प्रदेशको संस्कृति पर्यटन, वन तथा वातावरण, युवा तथा खेलकुद, उद्योग वाणिज्य भूमि तथा प्रशासन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चालु तर्फको खर्चसमेत गरेका छैनन् । उक्त मन्त्रालयले साउनमा कर्मचारीको तलब भत्तासमेत भुक्तान गरेनन् ।

त्यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेश नीति तथा योजना आयोगका कर्मचारीका समेत समेत तलब भत्ता भुक्तान भएको देखिएको छैन ।

विवरणअनुसार साउनमा भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र पुँजीगत तर्फको बजेट खर्च गरेको देखिन्छ । अन्य १३ मन्त्रालय र निकायबाट पुँजीगतसमेत खर्च भएको देखिएन ।

Tags: ०.०६ प्रतिशतएकखर्चप्रदेशबागमतीमहिनामामात्रैसरकारले

Related Posts

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ
FEATURE

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, २१:३५ बजे प्रकाशित
0

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सिरहाको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला परेको छ । प्रहरीले एम्बुलेन्स चालकसहित दुई...

मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ
FEATURE

मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, २०:२४ बजे प्रकाशित
0

मोरङ — मोरङको जहदा गाउँपालिका–३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेन्ससहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर...

नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

२०८२ कार्तिक २० गते, २०:१२ बजे प्रकाशित
अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

२०८२ कार्तिक २० गते, १७:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

२०८२ कार्तिक २० गते, १४:१८ बजे प्रकाशित
अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

२०८२ कार्तिक २० गते, १३:५७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ

२०८२ कार्तिक २० गते, २१:३५ बजे प्रकाशित
मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ

मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ

२०८२ कार्तिक २० गते, २०:२४ बजे प्रकाशित
नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

२०८२ कार्तिक २० गते, २०:१२ बजे प्रकाशित
अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

२०८२ कार्तिक २० गते, १७:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

२०८२ कार्तिक २० गते, १४:१८ बजे प्रकाशित
अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

२०८२ कार्तिक २० गते, १३:५७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    715 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist