इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आधारभूत तहका विद्यार्थीहरूकाे लागि स्थानीय पाठ्यक्रम विकास तथा कार्यशाला गाेष्ठि २०७९ सम्पन्न भएको छ ।
स्थानीय तहको विषयवस्तुबारे सिकाई गराउनका लागि भाेक्राहा नरसिंह गाउँपालिकाको अनिवार्य स्थानीय विषय प्रस्तावित नाम हाम्रो भाेक्राहा नरसिंहकाे सेराेफेराे पाठ्यक्रम तथा पाठ्यपुस्तकबारे बृहत एक दिने कार्यसाला गोष्ठी सम्पन्न भएको छ।भाेक्राहा नरसिंह गाउँपालिकाको आफ्नो छुट्टै इतिहास, भूगोल, कला, संस्कृति, भाषा, धर्म, परम्परा, रीतिरिवाज, पहिचान सहितको महत्व बोकेको कुराहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि भाेक्राहा नरसिंह गाउँपालिकाको आयोजना र नेपाल करियर ट्रेनिङ फाउन्डेसन बागबजार, काठमाडौं , मल्टीफेरियस कन्सलटेन्सी एण्ड रिसर्च सेन्टर कोटेशर, काठमाडौंकाे प्राविधिक संयोजनमा कार्यसाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बाेल्दै भने नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक फरक भएको कारण स्थानीय विषय वस्तुको विषयमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न सुरु गरिएको बताए ।उनले कार्यक्रममा बाेल्दै भने नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने मनसायले स्थानीय पाठ्यक्रम निर्माण गर्ने कार्यक्रम पालिकाले राखेको बताए ।
साेही कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले भने स्थानिय पाठ्यक्रम निमार्ण भएपछि पालिका भित्रका सबै विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म लागु गरिने छ । जस बाट बिद्यार्थिहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय बिषय देखी स्थानिय बिषय वस्तुको बारेमा पढ्न पाउने छ । यस बाट स्थानिय स्तरमा भएका र लोप हुँदै गएका परम्परागत कुराहरुको बरेमा जानकारी प्राप्त गर्ने उनले बताए ।
त्यस्तै स्थानीय पाठ्यक्रम निर्माणका लागि प्राविधिक संयोजनमा खटिएका प्राध्यापक बेणु सिटौला, याेगेन्द्र चापागाईं, विमल नेपाल र संजिव यादव सहितका टिमले
स्थानीय तहकाे प्रस्तावित नाम हाम्रो भाेक्राहा नरसिंहकाे सेराेफेराे विषयमा अध्ययन तथा अनुशान्धान गरिरहेको शिक्षा शाखा प्रमुख रमेश चन्द्र तिम्सिनाले जानकारी दिए ।
उनलेे दिएको जानकारीअनुसार केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको बताए ।
Discussion about this post