• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सामुदायिक विद्यालय प्रतिको भ्रम र यर्थात ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ ११ गते, १२:४० बजे प्रकाशित
in Uncategorized
सामुदायिक विद्यालय प्रतिको भ्रम र यर्थात ?
120
SHARES
Share on FacebookShare on Twitter

शिक्षा जीवनको ज्योती हो । शिक्षा विना व्यक्ति, समाज र राष्ट्र सही दिशा लिन सक्दैन । उक्त शिक्षा प्रदान गर्ने शिक्षा प्रदायक निकायहरु मध्ये सामुदायिक विद्यालय एउटा महत्वपूर्ण निकाय हो, भन्ने कुरामा दुई मत छैन । तर पछिल्लो समयमा शिक्षामा सुधार गर्ने, शिक्षामा क्रान्ति गर्ने, शिक्षामा आमुल परिवर्तन र आधुनिकिकरण गर्ने नाममा सामुदायिक विद्यालय र निजी तथा संस्थागत विद्यालयवीच तुलना गरेर सामुदायिक विद्यालयका प्रमुख क्तबपभ जयमिभच शिक्षकलाई मात्र दोसी देखाई बदनाम गरिरहेको देखिन्छ । सामुदायिक विद्यालयका शिक्षकहरुले राजनीति ग¥यो रे ? शिक्षकले राम्ररी पढाएन रे ? विद्यार्थीहरुले केही लेख्‍न पढ्‍न जानेन रे ? शिक्षक तथा कर्मचारीका छोरा छोरीहरु सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने कतिपय स्थानिय निकायले परिपत्र अथवा सार्वजनिक सूचना नै जारी गरि रहेको सन्दर्भमा यी यावत प्रश्‍नहरु जायज छन् ।
उक्त जायज सवालका सवालका पछाडि कारण के ? भन्नेतर्फ विचार गर्नुपर्ने समय आएको छ । भन्ने गरिन्छ “शिक्षक सेवा पास गरेर आएका शिक्षकहरुले शिक्षण गरेको विद्यार्थी भन्दा उक्त आयोग पास गर्न नसकेका प्रशिक्षार्थी शिक्षकको वाहुल्यता रहेको निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरु अब्बल रहन्छ” । हो, यो कुरामा सहमत हुन सकिन्छ, तर सामुदायिक विद्यालयका विद्यार्थीहरु कमजोर हुनुमा सम्पूर्ण अपजसको भागी सँधै गाली खाई रहने उक्त विद्यालयका शिक्षक कर्मचारी पक्‍कै होइन । को हो त ? यसको कारण खोजी गर्ने समय आएको छ ।
के सामुदायिक विद्यालयमा शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षक मात्र हुन्छन त ? होइन भने अन्य शिक्षकको नियुक्ति कुन प्रकृयाबाट हुन्छ ? कसरी हुन्छ ? कस्तो व्यक्तिको नियुक्ति हुन्छ ? कहिले सम्मको लागि हुन्छ ? यी प्रश्‍नको उत्तर खौजौँ त ? त्यसपछि मात्र सामुदायिक विद्यालयको विद्यार्थीको गुणस्तरको सवाल उठाउनू वेश हुन्छ । शिक्षक नियुक्ति गर्दा राम्रो भन्दा हाम्रो मान्छे नियुक्त गर्ने, भाई, भतिजा, छोरा, छोरी, बुहारी, आफन्तको नियुक्तिको लागि परीक्षा लिने विज्ञ नै आफ्नै राखी पहिला नै च्भकगति हातमा दिएर परीक्षा संचालन गरी शिक्षक नियुक्त गर्ने, उक्त दरबन्दी रिक्त रहेको भने जानकारी शिक्षक सेवा आयोगमा नपठाई हाम्रोलाई नै अनन्तकालसम्म निरन्तरता दिने अनि शिक्षा गुणस्तर खोज्ने हामी महाज्ञानी, महान शिक्षा सुधारक, शिक्षामा आमुल परिवर्तनकारी हुनै सक्दैनौँ ।
शिक्षक सेवा आयोगबाट प्रा.वि. तह पास गरेकालाई हामीले उच्च माध्यमिक तह (+2) सम्म पढाउन लगाउने अनि सोबाट गुणस्तर खोज्ने ? विद्यालयमा पार्टीका कार्यकर्ता, शक्तिकेन्द्रलाई रिझाउन सक्ने व्यक्तिलाई नियुक्ति दिने अनि गुणस्तर खोज्ने ? विद्यालायमा विद्यार्थीको अनुपात भन्दा कयौँ गुणा कम शिक्षक राख्ने अनि गुणस्तर खोज्ने ? विद्यालयको भवनमा टिनाको छानो त्यो पनि वर्षा याममा चुहिने खालको रहने अनि आमुल परिवर्तनको कुरा गर्ने हामी कस्तो किसिमको शिक्षा सुधारक हौँ । मा. वि. तहका विद्यार्थीलाई समेत किताब पढ्न आएन ? लेख्‍न आएन कुरा गर्ने भिडियो बनाउने, शिक्षकलाई नै ती कुरा नआएको पनि भिडियो बनाई लाइक र कमेन्टको लागि सामाजिक संजालमा पोष्ट गर्ने तर ती शिक्षकको नियुक्ती कसरी भयो ? यचष्नष्ल के हो ? त्यसतर्फ रत्तिभर ख्याल नगर्ने ? निजामतीतर्फ लोक सेवा आयोगबाट शाखा अधिकृत पास गरेर कार्यालयमा खटाउँदा ट महिनासम्मको तालिम दिने तर सो सरहको मा. वि. तह शिक्षक सेवा आयोगबाट पास गरेका शिक्षक नियुक्ति लिँदै विज्ञ हुने ? शिक्षक सरुवाको लागि उक्त शिक्षकको ढाडै सेक्ने गरी अदृश्य व्यय भार पर्ने र सोही शिक्षकबाट उत्प्रेरित मनोबोलका साथ शिक्षण कला देखाउने आशा राख्ने हामी कस्तो किसिमको शिक्षा प्रेमी हौँ ।
विचार गर्ने वेला आएको छ । यति भनिरहँदा शिक्षक सेवा पास गरेका शिक्षकले विद्यालयको समयमा आफ्नो इमान्दिरता नदेखाई हाजिर गरी टाप कस्ने, प्र.अ.ले पालिकामा काम छ, भनी सँधै हाजिर गरी आफ्नो काममा मात्र लाग्ने, प्र.अ. सँग अनुमति नलिई आफ्नै मनले विद्यालयमा अनुपस्थित रही विदा बस्ने, कक्षामा रहने समयमा इााष्अभ कोठामा बसी खैनी र भोला तथा रजनी गन्दाको गन्धमा गफ छाट्ने, पालिकामा पहुँच छ भनी विद्यालयमा शान देखाउने शिक्षकहरुले पनि आफ्नो प्रवृति सुधार नगरे सम्बन्धित अधिकारीले अनुगमन गरी कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने देखिन्छ ।
लेखक
अरुण कुमार मेहता
इजलास अधिकृत
सप्तरी जिल्ला अदालत

Tags: भ्रम र यर्थात ?विद्यालय प्रतिकोसामुदायिक

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist