बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा श्रावण महिना हप्ताको दुई दिन शनिवार र आइतवार सन्ध्याकालिन महा आरती हुने भएको छ । महाआरतीको मङलवार श्रावण १ गतेबाट औपचारिक रुपमा सुभारम्भ गरिएको थियो ।
बराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने उदेश्यले चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्या कालिन महाआरतीको शुभारम्भ गरिएको हो ।
बराहक्षेत्र नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको उक्त सन्ध्याकालिन आरती श्रावण महिनाभर हप्तामा दुई पटक शनिवार र आइतवार साझको ५:३० मिनेटबाट आयोजना गरिनेछ । श्रावण महिना पछि थप व्यवस्थितसंगै मिति परिमारजन गरेर सन्ध्याकालिन महा आरती कार्यलाई नितन्ता दिईने बराहक्षेत्र नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।














Discussion about this post