इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– १ रामपुर ढोकको शारदा माध्यमिक विधालयमा कक्षा १० को माध्यमिक शिक्षा उतिर्ण भएका विधार्थीलाई बधाई तथा पुरस्कार सहित सम्मान गरिएको छ । बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि विद्यालयले एसईई उतिर्णहरुलाई सम्मान तथा बधाई दिदै कक्षा ११ सहित उच्च शिक्षका लागि शुभकामना दिएको छ । एसईईमा गाउँपालिका सहित जिल्लामै २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि २०८० सालको एसईई परिक्षामा आफ्नो विद्यालयबाट राम्रो नम्बर ल्याउने तथा उत्तीर्ण सम्पूर्ण बिद्यार्थीलाई बधाई तथा उज्वल भबिस्यको शुभकामना दिएको हो । कार्यक्रम बोल्ने बक्ताहरुले राम्रो नम्बर ल्याएर पास हुने बिद्यार्थीलाई बधाई दिदै आगामी शैक्षिक भविश्यको शुभकामना दिएको थियो । यस बर्ष विद्यालयमा उच्चतम ग्रेड ए, बि प्लस र बि गरि ५८ जना विद्यार्थी उत्तीर्ण भएको भएको र सबैलाई खादा, अबिर र डायरी डटपेन सहितले पुरस्कृत तथा सम्मान गरेको त्यहाँबाट शिक्षक डिएन मेहताले जानकारी दिएको छ ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष लक्ष्मण मेहताले विधार्थीहरुको हितमा र शैक्षिक गुणस्तरको पक्षमा गाउँपालिका तथा वडा कार्यालय रहेको बताउँदै एसईई उतिर्णहरुलाई सम्मान सहित बधाई दिए । मेहताले शिक्षाका लागि गाउँपालिकाले शैक्षिक सुधार अभियान थालेको र आफूले पनि वडाबाट उक्त अभियानलाई सार्थक पार्ने काम लागेको र गौरबको कुरा गाउँपालिकाको ८ वटा वडा मध्ये आफूहरु मात्रै वडामा शिक्षा, व्यवस्थापन सहितको कक्षा १२ सम्म पढाई हुने पुरानो विद्यालय भएकाले थप नमुना विद्यालय बनाउने पक्षमा रहेको बताए ।
कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिताकुमारी उराँवको विषेश आथित्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मेहताको अध्यक्षता , प्रधानध्यापक रामु प्रसाद मेहता सहितको उपस्थितीमा सम्पन्न भएको थियो ।
Discussion about this post