दिपेन्द्र यादव
इनरुवा । अहिलेको युग सूचना प्रविधिको हो । बिवेकशील जनता र चेतनशील नागरिक समाजले यो कुरा बोलेर मात्र हैन, अब व्यवहारमा पनि लागू गर्नुपर्छ ।
यसको लागि आफु परिवर्तन भएर विकास निर्माणको नेतृत्व लिन सक्ने खुबीको प्रयोग गर्नुपर्छ । आजको दुनियाँमा कोहि कसैको कार्यकर्ता भएर हैन, सहकर्मी भएर कुममा कुम जोडेर हातमा हात राखेर सरकारले संचालन गरेको विकास निर्माण कार्यमा हातेमालो गर्नुपर्छ । विकास निर्माण कार्य रोक्न खोज्नु, खोज्ने जो कोही पनि विकास बिरोधी हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको विकास कार्य नरुचाउने व्यक्तिहरू पछिल्लो केही दिनयता सल्बलाउँन थालेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालयबाट संचालित विकास निर्माण कार्यको बिषयमा भ्रम पैदा गरी गाउँवासी जनतालाई झुक्याउने प्रपञ्च अनुसार केही व्यक्तिहरुहरु निहित स्वार्थपुर्तिका लागि सल्बलाउँन थालेका हुन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणमा त्यहाँका केही बौद्धिकवर्ग भनाउँदाहरु बाधकजस्तो भएर उभिएको देख्दा किन ? यस्तो गरिंदै छ ? यसले दिन खोजेको सन्देश के हो ? मनन गर्ने समय आएको छ ।
त्यहाँका जनप्रतिनिधी र कर्मचारी त्यसलाई चिरेर अघि बढ्ने अवस्था देखिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको उत्कृष्ट विकास निर्माणको काम देखेर आतिएका केही विकास बिरोधी व्यक्तिहरुले जनतालाई झुक्याउने प्रपञ्च बनाउन थालेकोले यो गतिबिधीले स्पष्ट हुन्छ । विकासप्रति उदासीन दृष्टिकोण र कार्यकुशलतामा कमी भएका केही व्यक्तिहरुले विकास निर्माणको कार्य रोक्न खोज्नु बिडम्बनाको बिषय हो ।
अरुलाई एउटा औलाले प्रश्न गर्दा चार वटा औला आफै तिर फर्केका हुन्छन भन्ने कुराको हेक्का राख्न जरुरी देखिन्छ । निश्चय नै कतिपय साँच्चिकै इमानदार र कर्तव्यपरायण कर्मचारीहरू पनि हुन्छन्, तर उनीहरूलाई सम्बन्धित उच्च तह वा सहयोगी कर्मचारीबाट पनि मद्दत मिल्दैन र उनीहरूलाई या त सरुवा गरिन्छ वा बर्खास्त गर्न खोजिन्छ ।
यसले गर्दा विकासको लागि निकासा भएको रकमको ठूलो भाग खर्च हुन पाउँदैन र विकास कार्य कुण्ठित हुन्छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालयमा अहिले भिजनवाला, विकासप्रेमी प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता आएका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा काम गरि रहेका अहिलेका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहतालाई भिजनवाला र विकासप्रेमी किन ? भनिएको होला भनेर धेरैको जिज्ञासा हुन सक्छ । यो जिज्ञासा जो जससँग छ, पुष्टीका लागि रामचरित्र मेहता इनरुवा नगरपालिका र बर्जु गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहँदाको समयमा गरेको विकास निर्माणको निरिक्षण गरे हुन्छ । बर्षोदेखी ओझेलमा पर्दै आएको भोक्राहा नरसिंह गाउँपालिकाको विकास निर्माणले छोटो समयमै गति पाउनुपनि यसको प्रमाण हो । भोक्राहा नरसिंहमा ५० औं बर्ष देखी हुन नसकेको ग्रामिण सडकहरु अहिले कालोपत्रे हुने अवस्थामा पुगेको छ । थुप्रै कृषि सडकहरु निर्माण भएको छ । किसानको खेत–खेतमा सिंचाई सेवा पुर्याउने गरी सिंचाई योजना संचालन हुदैछ । २० औं बर्ष देखी जिर्ण अवस्थामा रहेको वडा कार्यालयहरुको भवन निर्माण हुने क्रम सूरु भएको छ । भाडाको घरबाट संचालन हुँदै आएको गाउँपालिकाको कामकाज अब आफ्नै प्रशासनिक भवन निर्माण गरी त्यहाँबाट संचालन गर्ने तयारी भैरहेको छ । साच्चै भन्ने हो, भने भोक्राहा नरसिंह गाउँपालिकामा अहिले विकासको लहर सूरु भएको अवस्था देखिन्छ । तर विकास कार्यमा कहिले चासो र योगदान नदिने त्यहाँका केही विकास विरोधी तत्वहरुले प्रकट गरेको मनसाय र चरित्रको बिषयमा आम भोक्राहा नरसिंहवासी सचेत बन्नुपर्ने देखिन्छ । विकास निर्माण लगायत अन्य कामको बिरोधी कटु आलोचकहरुले जनतालाई ढाँट्ने काम अब पनि गर्नु हुदैन् । विकास र समृद्धिका लागि असल विचार तथा उद्देश्य लिएका मानिसहरुको सहकार्य आवश्यक हुन्छ । त्यसैले विकास निर्माण रोक्ने भन्दा यसरी गरौं भनि सबैलाई जोडेर अगाडी बढ्नु नै विकल्प बलियो हुन्छ की ?
Discussion about this post