इनरुवा ।सुनसरीको भोक्रहा नरसिंह गाउँपालिकाबाट बैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने काम होली पछि सुरु हुने भएको छ ।
बैदेशिक रोजगारको अवस्था बारे प्रोफाइल निर्माण गर्न आवस्यक तथ्यांक संकलनका लागि भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडाबाट गणक छनौट गरी २ दिने कार्यशाला तथा प्रशिक्षण दिएको सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराई जानकारी दिए ।
देशमा पर्याप्त रोजगारीको अवसर नभएकै अवस्थामा वैदेशिक रोजगारीमा गएका भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडाहरुबाट गएका युवाहरुको एकिन तथ्यांक संकलन गर्न गणकहरुलाई सामुदायीक विकास संस्था (सिडियो) सुनसरी मार्फत संचालित सामी परियोजनाले २ दिने कार्यशाला तथा प्रशिक्षण दिएको हो ।
सो कार्यक्रममा सामी परियोजनाका प्रदेश नं. १ का कार्यक्रम अधिकृत द्वय देवनारायण चौधरी , उमा पौड्यालले सहजीकरण गरेको थियो ।
यता बैदेशिक रोजगारमा गएका व्यक्तिहरुको तथ्यंक संकलन गर्न छनौट भएका गणकहरु बुधबार देखी भोक्राहा नरसिंह गाउँपालिकाको प्रत्येक घरधुरीमा गई एकिन तथ्यंक लिने सामाजिक परिचालक रोशन मण्डल मण्डलले जानकारी दिए ।
Discussion about this post