इनरुवा । सुनसरीको इटहरी उपमाहानगरपालिकाबाट अवैधरुपमा सुनको कारोबार गर्ने सुनचाँदी व्यावसायी पक्राउ परेका छन् ।
अवैध रुपमा सुन खरिद गरी बिक्रीका लागी हिडेको इटहरी उपमाहानगरपालिका वार्ड नं. ६ मा रहेको कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक शेखराज घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार इटहरी १६ घर भएका घिमिरेको साथबाट १९५.४७० ग्राम तौल भएको सुनको टिल १ थान र १ लाख ५८ हजार नगद बरामद भएको बताए ।
प्रक्राउ परेका घिमिरेलाई उनको साथबाट वरामद नगद र सुनसहित इटहरी स्थित आन्तरिक राजश्व कार्यालयमा बुझाईएको अधिकृत शिवकुमार निरौलाले जानकारी दिए ।
Discussion about this post