पारशमणी यादव – इनरुवा । गर्मी बढेसँगै सुनसरी जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पालिकाहरुमा लामखुट्टेको आतंक ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि जिल्लाको इनरुवा नगरपालिका सँगै भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
स्थानीय तहहरुले लामखुट्टे नियन्त्रण गर्न नसकेका कारण स्थानीयवासीहरु त्रसित बनेको कोशी गाउँपालिकाका राजेश यादवले बताए ।
स्थानीय यादवका अनुसार सुनसरीका स्थानीय तहहरुले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
स्थानीय तहहरुले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको स्थानीयवासीहरु बताउँछन् ।
जिल्लाका दक्षिणवर्ती सीमावर्ती क्षेत्रमा सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरण तर्फ लाग्नुपर्ने स्थानीयवासीहरुको कथन रहेका छन् । गत वर्ष विभिन्न पालिकाहरुले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको उनीहरुको भनाई छ । स्थानीय बासिन्दाहरुले यस वर्ष समयमै पालिकाहरुले समन्वय गरी प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।
“श्रमको सम्मान, राष्ट्रको अभियान” नारासहित भोक्राहा नरसिंहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुनसरी — “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ भोक्राहा नरसिंह गाउँपालिकामा रोजगार रणनीति तजमा अद्यावधिक तथा कार्यान्वयनका लागि...
Discussion about this post