सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मा धानको विउँ वितरणमा अनियमितता भएको किसानले आरोप लगाएका छन् । वडाका किसानको लागि वडा कार्यालयले वितरण गर्न ल्याएको धानको बिउ वितरण वडा अध्यक्ष सूर्यनारायण पालले आफूखुशि गरेको भन्दै धानको विउँ वितरणमा अनियमितताको आरोप लगाएका हुन् ।
पक्षपाती र आफूकुसी विउँ वितरण गरेको प्रति स्थानीय किसानहरु आक्रोशित भएका छन । सर्वसाधरण किसानको सहजको लागि ल्याएको धानको बिउ वडा अध्यक्ष पालले आफूखुशि निणर्य र किसान पहिचान नै नगरिकन वितरण गरकाले अनियमितताको आरोप बाहिर आएको हो । पालले आफू निकट रहेकाहरुलाई मात्रै विउँ वितरण गरको र आफ्नो लागि समेत दुई बोरा बिउ छुटाएर राखेकाले धानको विउँ वितरणमा अनियमितताको आरोप बाहिर आएको बताइएको छ । किसानलाई वितरण नगेरको स्थानीय सुशिल मेहताले आरोप लगाउनुभयो । मेहताका अनुसार वडा अध्यक्षले यस्तो गरको यो कुनै नौलो कुरा नभएको समेत मेहताले बताउनुभयो । जनताको गुनासो आएपछि नागरिक अभियानको टोलि आज गाउँपालिकाको वडा कार्यालय पुग्दा वडा अध्यक्ष पालले आफ्नो लागि छुटाएर राखेको धानको बिउ बोला फेला परेको थियो । यता सोही बिषायमा प्रतिकृया लिदाँ प्रतिकृया दिन पाल मानेन । किसानले धानको विउँ वितरणमा अनियमितताको आरोपको छानविन गर्नुपर्ने माग समेत गरेका छन् ।
Discussion about this post