मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित राष्ट्रिय आधारभुत बिद्यालयका पुर्ब अध्यक्ष स्वर्गीय गोरे बहादुर ठकुल्लाको सम्झनामा स्वर्गीय ठकुल्लाको स परिवारद्वारा सरस्वती पुजाको अवसर पारेर शैक्षिक सामग्री सहयोग गरिएको छ । राष्ट्रिय आधारभुत बिद्यालय अरुणाफाँटा सुर्यपुरका अध्यक्ष जितराम चौधरीको अध्यक्षतामा भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा स्वर्गीय गोरे बहादुर ठकुल्लाकी धर्मपत्नी नन्दा देबी ठकुल्ला प्रमुख अतिथी रहेकी छन । स्वर्गीय ठकुल्लाकी छोरी देवसरा ऐरको स्वागत मनतव्य संगै शुरु भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बिशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा न ८ का वडाअध्यक्ष दिर्ध बहादुर ठकुल्ला , साबिक धनसिहपुर गाविसका पुर्ब अध्यक्ष जंग बहादुर साउँद, सत्ती कर्णाली सामुदायि वन उपभोक्ता समुहका अध्यक्ष धनसिह साउँद, पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर साउँद लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा स्वर्गीय ठकुल्लाले बिद्यालयमा गरेका कामको चर्चा गरेका थिए उक्त बिद्यालयलाई साबिक धनसिहपुर गाबिस १ फाँटामा रहदा २०४० सालको बाढीले बिस्थापित गरेको अवस्थामा स्वर्गीय ठकुल्लाले आफ्नै लगानीमा साबिकको धनसिहपुर गाबिस २ बनगाउमा पुन स्थापना गर्नमा योगदान दिएको समेत चर्चा गरिएको थियो । स्वर्गीय ठकुल्लाको सम्झनामा सरस्वती पुजाको अवसर पारेर जापानमा बस्दै आएकी छोरि कमला थापाको सहयोगमा ६६ जना बालबालिका लाई शैक्षिक सामग्री सहित झोला सहयोग गरेको बिद्यालयका प्र अ जगत बहादुर साउँदले जानकारी दिए । साउदका अनुसार स्वर्गीय ठकुल्लाको परिवारले सरस्वती पुजाका लागि मन्दिर रङ्गरोगन र प्रसादको समेत गरेको बताए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...














Discussion about this post