• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगसँग माग

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ २६ गते, २२:४२ बजे प्रकाशित
in Uncategorized
निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगसँग माग
43
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं–नेपालको संविधानबमोजिम पुनर्संरचित स्थानीय तहको निर्वाचन भएको पाँच वर्षे कार्यकाल समाप्त हुँदै छ ।गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ संयुक्त विज्ञप्ति निकालेर निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।

स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अवधि क्रमशः ७ जेठ ०७९, २१ असार र ७ असोजमा सकिने भएकाले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रक्रिया सुरु ती संस्थाले सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् ।

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको ती संस्थाको भनाइ छ । स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था छैन ।

संविधानले नै जनप्रतिनिधिबिनाको स्थानीय सरकार र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको व्यवस्था पनि नभएकाले निर्वाचन प्रक्रिया तत्काल थाल्नुपर्ने उनीहरूको माग छ ।

कथमं कदाचित समयमै निर्वाचन नभए संवैधानिक संकट आउने र यसले वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने, स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रणाली अवरुद्ध हुने अवस्था आउन नदिनेतर्फ ती संस्थाले सचेत गराएका छन् ।

त्यसैगरी प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आएका सिफारिसलगायत अन्य काम नहुँदा सेवा प्रवाह अवरुद्ध भई लोकतन्त्र र संघीय शासन प्रणालीप्रति जनमानसमा नकारात्मक प्रभाव पर्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले विगतमा निर्वाचन नगर्दा स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनुपरेको उनीहरूले औँल्याएका छन् ।

स्थानीय लोकतन्त्रको संस्थागत विकासमा ०५९-०७४ प्रतिकूल रहेको उनीहरूले स्मरण गराएका छन् । स्थानीय सरकारका सबै जनप्रतिनिधिको समयमै आवधिक निर्वाचन सम्पन्न होस्, एक दिन पनि स्थानीय सरकारजन प्रतिनिधिविहीन नहोस् भन्ने चाहना रहेको उनीहरूको तर्क छ ।

संविधान र विद्यमान कानुनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठभित्र अनिवार्य गरिसक्नुपर्नेछ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १ सय २० दिनको समय चाहिने बताइरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय प्रणाली मातहत सरकारमा जनप्रतिनिधिबेगरको कार्यकारी निकाय कल्पनै गर्न नसकिने र स्थानीय तहको कार्यकारी निकाय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले संवैधानिक संकट आउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

संविधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमै आवधिक निर्वाचन गर्नुको विकल्प नभएकाले निर्वाचनको वातावरण सिर्जना गर्न आयोग र सबै राजनीतिक दल गम्भीर हुनुपर्नेमा उनीहरूको जोड छ ।

राष्ट्रिय महासंघ अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघ अध्यक्ष अशोककुमार व्याञ्जु र जिल्ला समन्वय समिति महासंघ अध्यक्ष नवराज गेलालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

 

Tags: तत्काल सुरु गर्ननिर्वाचन प्रक्रियासरकार र निर्वाचन आयोगसँग माग

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित
FEATURE

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
0

सुनसरी – काठमाडौं महानगरपालिकाले देशभरका दुर्गम र स्वास्थ्य सुविधा अभावमा रहेका ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेको छ। मंगलबार राजधानीमा...

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

२०८२ भदौ ९ गते, १९:५० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist