• pradeshpoint
  • Pradeshpoint
Monday, April 27, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

हरिनगरका लेखापाल रञ्जित मेहता विरुद्ध जबरजस्ती करणी मुद्धाको अनुसन्धान जारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० माघ २ गते, १९:४२ बजे प्रकाशित
in Uncategorized
हरिनगरका लेखापाल रञ्जित मेहता विरुद्ध जबरजस्ती करणी मुद्धाको अनुसन्धान जारी
854
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालय हरिनगरा सुनसरीमा कार्यरत आर्थिक प्रशासन शाखा प्रमुख लेखापाल रञ्जित कुमार मेहता एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन ।
इनरुवा नगरपालिका १ नम्बर वडामा स्थायी बसोबास भएका रञ्जित कुमार मेहताले सिराहा जिल्लाकी एक युवतीलाई इटहरी उपमहानगरपालिकामा रहेको एक होटलमा लगेर जबरजस्ती गरेपछि पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी प्रहरीले मेहता विरुद्धको जबरजस्ती करणी मुद्धाको अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमार्फत सुनसरी जिल्ला अदालतबाट दुईपटक म्याद थप गरि पुनः तेस्रो पटक म्याद थपका लागि आइतबार अदालत समक्ष ल्याएको छ ।
प्रहरी स्रोतका अनुसार लेखापाल मेहताले पीडित युवतीलाई ललाई फकाई इटहरी ल्याएर एक होटलको कोठामा राखी पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनी पक्राउ गर्न प्रहरी टोलीले खोजी गरिरहँदा उनी प्रहरीबाट लुक्दै आएका थिए ।
करिब तीन महिना अगाडिको जबरजस्ती करणी घटनामा उजुरी परेपछि मेहताले हरिनगर गाउँपालिकामा आर्थिक प्रशासन शाखा प्रमुख हैसियैतमा कामकाज भने गर्दै आएका थिए ।
प्रहरीले आरोपितलाई पक्राउ नगरि छाडिदिएको भन्दै पीडितका तर्फबाट प्रहरीको माथिल्लो निकायमा दवाव बढेपछि प्रहरीले १५ दिन अगाडि उनलाई इनरुवाबाट नियन्त्रणमा लिएको थियो ।
पीडित निकट स्रोतका अनुसार मेहताले राजनीतिक पहुँचका आधारमा घटनालाई गुपचुप राखी युवतीलाई दवाव दिएर केही रकम दिएर मिलाउन तीन महिनासम्म प्रयास गरेपनि उनी सफल हुन सकेका थिएनन् ।
पीडित युवतीले आफुलाई ललाई फकाई मेहताले जबरजस्ती करणी गरेको हुँदा कानुनी न्याय बाहेक अन्य कुनै सम्झौता नगर्ने घटनामा मिलापत्र कुनै सर्तमा नगर्ने अडान लिदै प्रहरीको माथिल्लो निकायमा दवाव दिएपछि मेहतालाई प्रहरीले पक्राउ गरेको बताइन्छ ।
स्राेतका अनुसार मेहतालाई ति युवतीलाई जागिर लगाई दिने र बिवाह गर्ने भन्दै ललाई फकाई गरेर इटहरीसम्म लिएर गएका थिए । इटहरीमा रहेका दुईवटा होटलमा कोठा बुक गरेका मेहताले युवतीलाई त्यही लगेर पटक–पटक बलात्कार गर्दै आएका थिए ।
पीडित युवतीले घटनाको उजुरी प्रहरी समक्ष दिएपछि उनका परिवारमा र युवतीलाई समेत उजुरी फिर्ता लिन राजनीतिक नेतृत्व, जनप्रतिनिधिका साथै मेहता निकट व्यक्ति र नातेदारहरुले लामो समयसम्म दवाव दिदै आएका थिए।
स्रोतका अनुसार सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पीडक पक्षले पीडित पक्षलाई दवाव दिएर बलात्कारको घटना मिलापत्र गराउने प्रचलन रहेकाले यस घटनासमेत सकेसम्म मिलापत्र गराई उजुरी फिर्ता लिन बाध्य पार्ने योजना सफल हुन नसकेपछि पुनः मुद्दामा युवतीलाई कमजोर बनाएर अदालत समक्ष कागजपत्र लैजाने तयारीमा उक्त पक्ष लागेको बताइन्छ ।

Tags: अनुसन्धान जारीजबरजस्ती करणीमुद्धाकोरञ्जित मेहतालेखापालविरुद्ध

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist