काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना आइरहेको छ।
भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो। शिलाबाट निस्कने तरल पदार्थलाई पसिना मान्ने गरिएको छ।
शिलाको बाँयातर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष भरत श्रेष्ठले पसिना आउने क्रम अझै जारी रहेको बताएका छन्। भीमेश्वरको शिलामा बायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने दाबी गर्ने गरिएको छ।
भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ। मन्दिरपरिसरमा अहिले क्षमापूजा भइरहेको छ।
भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजाहरू बजाइन्छ। पसिना आएको खबर सार्वजनिक हुनासाथ ठूलो संख्यामा दर्शनार्थी मन्दिरपरिसरमा पुगेका छन्। शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रूपले दिने गरिन्छ।
पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...














Discussion about this post