• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फैलाइएको गलत सन्देशप्रति गम्भीर आपत्ति

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ साउन ८ गते, १३:०७ बजे प्रकाशित
in Uncategorized
सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फैलाइएको गलत सन्देशप्रति गम्भीर आपत्ति
12
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं २ मा अवस्थित गजेडी माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फैलाइएको गलत सन्देशप्रति गम्भीर आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयले यस्तो गलत प्रचारप्रति कडा भर्त्सना गरेको छ भने संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
अन्य विद्यालयका विद्यार्थीहरूले चुरोट र गाजा पिएको फोटा राखेर गजेडी माध्यमिक विद्यालयका अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई भ्रमित पार्ने प्रयास गरिरहेको विद्यालयले जनाएको छ । ‍’गजेडी’ नामलाई आधार बनाएर गरिएको यो दुस्प्रचार आपत्तिजनक रहेको विद्यालयले जनाएको छ ।“नेपाली शब्दकोशका अनुसार ‘गज’ को अर्थ ‘हात्ती’ भन्ने हुन्छ । यसरी ‘गज’ आधार पदमा ‘डी’ जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ । स्थानीय थारु भाषामा ‘गजेडी’ को शाब्दिक अर्थ ‘हात्तीको वासस्थान’ भन्ने बुझिन्छ । यहाँका शिक्षाप्रेमी र बुद्धिजीवीका अनुसार साविक गजेडी गाउँबाट गजेडी स्कूलको नामाकरण भई सोहीअनुसार गजेडी गाउँपञ्चायत र बहुदलपछि गजेडी गाविस रहन गएको हो,” विज्ञप्तिमा लेखिएको छ ।
गजेडी गाउँबाट नामाकरण गरिएको यस विद्यालयको नाममा गलत सन्देश फैलाउने प्रयासले विद्यालयको ऐतिहासिक छविमा प्रहार गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, “यी वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी, विभिन्न व्यक्तिहरू र फेसबुक पेजहरूले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको प्रतिष्ठामा प्रहार गर्न खोजिएको विषयप्रति सिङ्गो विद्यालय परिवारले घोर भर्त्सना गर्दछ ।”
विद्यालयले यस्ता आपत्तिजनक क्रियाकलापहरू दोहोरिएमा साइबर कानुन अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको पनि जानकारी दिएको छ । साथै, विद्यालयले सबै अभिभावक र विद्यार्थीहरूलाई यस्ता अनर्गल प्रचारहरूको पछि नलाग्न र विद्यालयको ऐतिहासिकता बुझ्नका लागि आग्रह गरेको छ ।

Tags: आफ्नो नामगम्भीर आपत्तिगलतजोडेरफैलाइएकोसन्देशप्रतिसामाजिक सञ्जालमा

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist