• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

एकपछि अर्को गरी अवकाशमा जाँदैछन् प्रहरी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ साउन १६ गते, २१:३८ बजे प्रकाशित
in Uncategorized
कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर
14
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरी निरीक्षकमा २०५१ चैत ५ मा भर्ना भएका उच्चप्रहरी अधिकारीहरू एकपछि अर्को गरी अवकाशमा जाँदैछन् । गएको वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मीरा चौधरीले अवकाश पाए ।

त्यसको दुई महिनापछि अर्का एआईजी उमेशराज जोशीले गते असार १९ मा अवकाश पाए ।  उनीहरूसँगै उनकै ब्याची डीआईजीद्वय पोषराज पोखरेल र सुरेन्द्र मैनालीलेसमेत असारमै अवकाश पाए ।  अवकाशको क्रम जारी छ । एक महिनापछि अर्का एआईजी हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत श्यामलाल ज्ञवालीले पनि अनिवार्य अवकाश पाउँदै छन् ।

कोही उमेरका कारण सेवावधि बाँकी हुँदै अवकाश गए र जाँदैछन् भने कोही तीस वर्षे सेवाधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।  प्रहरीमा तीन आधारमा अवकाश पाउँछन् । जसमा उमेर, पदावधि र प्रहरीको सेवाअधि गणना हुने गर्छ ।

२०५१ मा भना भएका अधिकारीहरू सेवा अवधि र पदावधि नभई डीआईजी र एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन् ।

ज्ञवाली भदौ २५ मा अवकाशमा जाँदै छन् । उनीपछि हाल एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशी कार्तिक १८ गते अवकाशमा जानेछन् ।  एआईजी किरण बज्राचार्य मंसिर १७ र भीम ढकालले मंसिर २८ मा अवकाश पाउने छन् ।
एआईजीबाहेक डीआईजी केदार ढकाल, राजेश बास्तोला, किरण राणा पनि कार्तिक–मंसिरमा अवकाशमा जाने छन् । उनीहरू प्रहरीको ३० वर्षे सेवाअवधि बाँकी रहँदै अवकाश पाउने छन् ।

प्रहरी अधिकारीहरू प्रहरीको विद्यमान व्यवस्थाका कारण अनुभवी र काम गर्ने जोश–जाँगर हुँदा हुँदै अवकाशमा जानुपर्ने व्यवस्था संशोधन गर्न धारणा राख्दै आएका छन् ।  अनुभवी पात्रहरू चाँडै अवकाशमा जाँदा राज्यलाई नोक्सान भएको तर्क बेलाबखत आउने गर्छ ।

नयाँ गृहमन्त्री नियुक्ति भए लगत्तै प्रहरी ऐन र नियमावली परिमार्जन आवश्यक भएको धारणा राख्छन् । तर, यसले पूर्णता पाउन सकेको छैन ।

गृहमन्त्री रमेश लेखकले समेत प्रहरी ऐन संशोधनसम्बन्धीको विधेयक एक महिनाभित्र संसदमा पेस गर्ने बताएका छन् ।  विधेयकमा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेदेखि उमेरहद समेत पुनरावलोकन गरेर प्रस्ताव लिने तयारी गरेको छ ।

त्यसका लागि पूर्वमूख्यसचिव लिलामणि पौडेलसहित पूर्वआईजीसहितको समितिले सुझाव प्रतिवेदन समेत तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

वैशाखयता अवकाशमा गएका र जान लागेको सबै उच्च अधिकारी हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।  आईजी कुँवरले भने आउँदो चैतमा प्रहरीको ३० वर्षेसेवा अवधिका कारण अवकाश पाउने छन् । आईजीपी कुँवरका ब्याचका अधिकांश प्रहरी अधिकारी उमेरहदका कारण अवकाशमा जाँदै आएका छन् ।

एक महिनापछि ११ एसएसपी र ३० डीएसपी अवकाशमा

उच्च प्रहरी अधिकारीसँगै उमेर र ३० वर्षे सेवा अवधिका कारण भदौ १६ मा ११ एसएसपीले समेत एक साथ अवकाश पाउँदैछन् ।

उनीहरू ३० वर्षेसेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् ।  अवकाशमा जान लागेका एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, दिल्लीराज विष्ट, रेवती ढकाल, किसनसिंह थापा, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर वली छन् ।

त्यस्तै, चन्द्रदेव राई, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रविन्द्र रेग्मी एकसाथ अवकाशमा जाँदैछन् । एसएसपीबाहेक ३० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूले समेत अवकाश पाउन लागेका छन ।

उनीहरू समेत ३० वर्षे सेवा अवधिकै कारण भदौ १६ मा अवकाश पाउन लागेका हुन् ।
 

Tags: अर्कोअवकाशमाएकपछिगरीजाँदैछन्

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist