इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताएको छ । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकासमा कुनै असर नगर्ने बताएको हो ।
उनले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको वताए । प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर विकास भइरहेको जानकारी दिए । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गरे ।
उनले वडा कार्यालर्य भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने बताए । वडा नं ९ का भूपेन्द्र बरालले वडा कार्यलय भवन निमाण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गरे । जिल्ला समन्वय समितका सदस्य चिरञ्जिवि बस्नेतले भवन निर्माण समयमै सक्नुपर्नेमा जोड निर्देशन दिए । ७२ लाख २९ लागतमा बन्ने वडा कार्यलय भवनका लागि समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा वडा सदस्य गणेश केसीले जानकारी दिए ।
जेन–जि मोरङको तीनबुँदे ज्ञापनपत्र गृहमन्त्री र प्रधानमन्त्रीलाई
विराटनगर । द काउन्सिल अफ जेन–जि, मोरङले आफ्ना तीनबुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृहमन्त्री र...










Discussion about this post