इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताएको छ । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकासमा कुनै असर नगर्ने बताएको हो ।
उनले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको वताए । प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर विकास भइरहेको जानकारी दिए । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गरे ।
उनले वडा कार्यालर्य भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने बताए । वडा नं ९ का भूपेन्द्र बरालले वडा कार्यलय भवन निमाण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गरे । जिल्ला समन्वय समितका सदस्य चिरञ्जिवि बस्नेतले भवन निर्माण समयमै सक्नुपर्नेमा जोड निर्देशन दिए । ७२ लाख २९ लागतमा बन्ने वडा कार्यलय भवनका लागि समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा वडा सदस्य गणेश केसीले जानकारी दिए ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post