• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सरकारको तमासाले देशमा संकट -कांग्रेसका वरिष्ठ नेता रामचन्द्र

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन ९ गते, १२:१६ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
सरकारको तमासाले देशमा संकट -कांग्रेसका वरिष्ठ नेता रामचन्द्र
43
SHARES
Share on FacebookShare on Twitter

सुनसरी – मुलुकमा सुरु भएको तमासा प्रदेश १ मा समेत सुरु भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । ओली सरकारले संसद् नै विघटन गरेपछि त्यसैको निरन्तरता प्रदेश १ मा समेत गर्ने धम्की बाहिरीएको स्मरण गर्दै उनले देशमा तमासाको राजनीति सुरु भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरी इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सांसद पुनस्र्थापनाको विकल्प नरहेको बताए । नेता पौडेल संसद् विघटन बारेमा नेपाली कांग्रेसले अलकोतान्त्रिक र असंवैधानिक कदम भएको ठहर गरेको स्मरण गराएका थिए ।

वर्तमान प्रधानमन्त्री ओलीले चालेको कदमविरुद्ध नेपाली जनता एकजुट भएर लाग्नु पर्ने उनको तर्क थियो । संविधान र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस एकजुट भएर लाग्नुको विकल्प नरहेको भन्दै उनले पहिला संविधान जोगाउन सबैमा आग्रह गरे । अहिले केपी शर्मा ओलीको कदम संविधान विपरित रहेको कारण हाल घोषणा गरिएको निर्वाचनमा जानु समेत असवैधानिक हुने उनको तर्क थियो ।

प्रदेश १ को मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पास गर्न नेपाली कांग्रेसका नेताहरुलाई नेता पौडेलले आग्रह गर्दै कम्युनिष्टले आफैं घर फुटाएकाले कुनै पनि हालतमा कम्युनिस्टको पक्षमा ओलीका मुख्यमन्त्रीलाई सहयोग नगरी अविश्वासको प्रस्तावलाई पास गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

सुनसरीका अगुवा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेसमा कुनै गुट–उपगुट नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेसले सर्वसम्मतबाट संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरेको हुनाले जनतालाई भ्रममा नपर्न आग्रह गर्दै संसद् पुनस्र्थापनाको विकल्प नरहेकोसमेत ठोकुवा गरे ।

सो अवसरमा उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल कम्युनिष्ट पार्टी दुई खेमामा विभाजन भएको बेला नेपाली कांग्रेसले आफ्नो रणनीति तय गरी अवसर प्राप्तिका निमित्त अग्रसर हुनुको विकल्प नरहेको बताएका छन् ।

प्रदेश १ को वर्तमान अवस्थालाई इंगित गर्दै नेता कार्कीले दुई नेकपा भएको अवस्था प्रदेश १ भित्र कांग्रेसले अवसरका निमित्त अगाडि बढ्नुपर्ने समेत उनले सुझाए ।

सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान नेकपाको सरकारले चलाए पनि त्यो नाराअनुसार नेकपाले काम काम गर्न नसक्दा अहिले जनतामाझ कांग्रेसको विकल्प नरहेको उनको भनाइ थियो । ‘नेपाली कांग्रेसले भाषणमा मात्र होइन कामसमेत गरेर देखाउनुपर्छ,’ उनले भने, ‘विकासका गतिविधिलाई तीव्रता दिनुपर्नेछ ।

जनताको बीचमा गएर छलफल गर्न आवश्यक रहेकोसमेत उनले बताए । सवैधानिक परिषदमा नियुक्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कुनै हात नरहेको बताउँदै कार्कीले गलत प्रचारवाजी गरेर सभापतिलाई बदनाम गर्न खाजेको समेत स्पष्ट पारे ।

नेता कार्कीले अहिले विकासका लागि राजनीतिको मौसम मुलुकभरि नै छाएकाले विकासविनाको राजनीति नगर्नसमेत सबैलाई सुझाव दिए । आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ निरन्तर पुगेर जनताको दुःख र समस्या समाधानको अभियानमा लागेकै कारण जनताबाट प्राप्त गरेको स्नेह र मायाको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सभापति राजीव कोइराला, पूर्व सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर अन्सारी, ज्योति सुब्बा, कांग्रेसका केन्द्रीय सदस्यहरु, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, नेतृत्वकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।सो कार्यक्रममा रामधुनी नगरपालिकाका युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

Tags: देशमा संकटनेपाली कांग्रेसरामचन्द्र पौडेलवरिष्ठ नेतासरकारको तमासा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist