Thursday, July 10, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने -प्रचण्ड

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन २७ गते, १६:१५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने -प्रचण्ड
47
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने बताएका छन्।

पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै उनले एउटा व्याटलु जितेको भएपनि अझै वार नजितेको बताए।

एकचोटी फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावादी र अवसरवादविरुद्ध लड्नुपर्छ। जनयुद्ध सुरु गर्ने बेला म ४२-४३ वर्षको थिएँ, अहिले ६६-६७ भएँ, उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन्, उमेर भएकाले त छाडिदिनुपर्छ पनि भन्छन्, प्रचण्डले भने, म छोड्नेवाला छैन। माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए, म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु।

संसद विघटन, संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको देशव्यापी व्याटल जिते पनि वार जित्न बाँकी रहेको उनको भनाइ छ।

उनले अझै त्यसविरुद्ध ठूला ठूला षड्यन्त्र भइरहेको बताए। ‘हामीले त्यो षड्यन्त्रविरुद्ध अब आफ्नो खट्टामा उभिएर लड्नुपर्छ। आफ्नै साथीहरु छुट्दा हामी अलिक कमजोर भएजस्तो देखिएको हो’ उनले भने, ‘अब आफ्नो क्रान्तिकारी साथीहरुलाई जोडेर एक हुने अभियानमा लागेको छु।’

उनले अब दुई चार बर्ष जनताको बीचमा जाने लक्ष्य लिएको बताए। फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउनेतिर सोचिराखेको छु । काठमाडौंभन्दा अभियानमा बढी बस्ने बिचार छ। उनले भने, फेरी दुई-चार वर्ष जनताका बीचमा गएर क्रान्तिलाई सफल पार्नुछ।

अहिलेसम्मको उपलब्धि जोगाउनका लागि एकजुट भएर लागेर त्यसको रक्षा गर्न सक्ने दाबी उनले गरे। उनले शान्तिपूर्ण ढंगले जनताको बीचमा गएपछि प्रतिक्रियावादीहरु परास्त हुने बताए।

‘पुराना साथीहरु छुटेका छन्, त्यो कुरा सत्य हो, अब मैले त्यो उल्टाएर सबैलाई एकजुट गर्नमा लाग्छु’ उनले भने, ‘मैले उमेर पुग्यो भनेर कतिले अहिल्यै छाडे हुन्छ भनेका छन्। तर, अब पनि छोड्नेवाला छैन। अहिलेको एउटा व्याटल त जितेँ अब दुई चारवटा व्याटल हामीले जित्नुपर्छ।’

उनले आफ्ना पुराना साथीहरुको भर गरेर नै नयाँ जनयुद्ध सुरु गरेको बताए।

‘जनयुद्धका जनमुक्ति सेनाहरु खाडी मुलुकमा रहेका छन्। केही दिनअघि मैले उहाँहरूसँग जुम मिटिङ गरेको थिएँ’ उनले भने, ‘उहाँहरुले फेरि लड्न पर्यो भने आउँछु भन्नुभयो। मलाई उहाँहरुको कुराले भावुक बनायो। उहाँहरु आफैँ बेरोजगार भएर विदेशी भूमिमा हुनुहुन्छ।’

उनले जनयुद्ध भनेर हिंसामा जाने कुरा नगरेको दाबी गरे। ‘अहिले हिंसाको कुरा गरेको होइन। जनयुद्धमा पनि राजनीतिक गरेका हौँ। सामान्तवादविरुद्ध अहिले पनि प्रतिगमन र दक्षिणपन्थी विरुद्ध हामीले युद्ध गरेका हौँ। त्यो अहिले चलिरहेको छ’ उनले भने।

केपी ओलीको प्रवृत्ति विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभव भएको पनि उनले सुनाए। ‘केपी प्रवृत्ति विरुद्ध लागिरहेको छु। त्यस बिषयमा जेल जान या मर्न तयार भएर त्यो पत्र लेखेको हुँ’ उनले भने।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक र राष्टिय कार्यकर्ता भेला गर्न लागेको उनले बताए।

 

Tags: अवसरवाद विरुद्धएकपटकक्रान्ति गर्ने -प्रचण्डप्रतिक्रियावादी

Related Posts

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
FEATURE

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
0

रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने
FEATURE

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
0

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः...

गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1386 shares
    Share 554 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    706 shares
    Share 282 Tweet 177
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist