• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने -प्रचण्ड

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन २७ गते, १६:१५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने -प्रचण्ड
50
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने बताएका छन्।

पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै उनले एउटा व्याटलु जितेको भएपनि अझै वार नजितेको बताए।

एकचोटी फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावादी र अवसरवादविरुद्ध लड्नुपर्छ। जनयुद्ध सुरु गर्ने बेला म ४२-४३ वर्षको थिएँ, अहिले ६६-६७ भएँ, उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन्, उमेर भएकाले त छाडिदिनुपर्छ पनि भन्छन्, प्रचण्डले भने, म छोड्नेवाला छैन। माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए, म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु।

संसद विघटन, संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको देशव्यापी व्याटल जिते पनि वार जित्न बाँकी रहेको उनको भनाइ छ।

उनले अझै त्यसविरुद्ध ठूला ठूला षड्यन्त्र भइरहेको बताए। ‘हामीले त्यो षड्यन्त्रविरुद्ध अब आफ्नो खट्टामा उभिएर लड्नुपर्छ। आफ्नै साथीहरु छुट्दा हामी अलिक कमजोर भएजस्तो देखिएको हो’ उनले भने, ‘अब आफ्नो क्रान्तिकारी साथीहरुलाई जोडेर एक हुने अभियानमा लागेको छु।’

उनले अब दुई चार बर्ष जनताको बीचमा जाने लक्ष्य लिएको बताए। फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउनेतिर सोचिराखेको छु । काठमाडौंभन्दा अभियानमा बढी बस्ने बिचार छ। उनले भने, फेरी दुई-चार वर्ष जनताका बीचमा गएर क्रान्तिलाई सफल पार्नुछ।

अहिलेसम्मको उपलब्धि जोगाउनका लागि एकजुट भएर लागेर त्यसको रक्षा गर्न सक्ने दाबी उनले गरे। उनले शान्तिपूर्ण ढंगले जनताको बीचमा गएपछि प्रतिक्रियावादीहरु परास्त हुने बताए।

‘पुराना साथीहरु छुटेका छन्, त्यो कुरा सत्य हो, अब मैले त्यो उल्टाएर सबैलाई एकजुट गर्नमा लाग्छु’ उनले भने, ‘मैले उमेर पुग्यो भनेर कतिले अहिल्यै छाडे हुन्छ भनेका छन्। तर, अब पनि छोड्नेवाला छैन। अहिलेको एउटा व्याटल त जितेँ अब दुई चारवटा व्याटल हामीले जित्नुपर्छ।’

उनले आफ्ना पुराना साथीहरुको भर गरेर नै नयाँ जनयुद्ध सुरु गरेको बताए।

‘जनयुद्धका जनमुक्ति सेनाहरु खाडी मुलुकमा रहेका छन्। केही दिनअघि मैले उहाँहरूसँग जुम मिटिङ गरेको थिएँ’ उनले भने, ‘उहाँहरुले फेरि लड्न पर्यो भने आउँछु भन्नुभयो। मलाई उहाँहरुको कुराले भावुक बनायो। उहाँहरु आफैँ बेरोजगार भएर विदेशी भूमिमा हुनुहुन्छ।’

उनले जनयुद्ध भनेर हिंसामा जाने कुरा नगरेको दाबी गरे। ‘अहिले हिंसाको कुरा गरेको होइन। जनयुद्धमा पनि राजनीतिक गरेका हौँ। सामान्तवादविरुद्ध अहिले पनि प्रतिगमन र दक्षिणपन्थी विरुद्ध हामीले युद्ध गरेका हौँ। त्यो अहिले चलिरहेको छ’ उनले भने।

केपी ओलीको प्रवृत्ति विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभव भएको पनि उनले सुनाए। ‘केपी प्रवृत्ति विरुद्ध लागिरहेको छु। त्यस बिषयमा जेल जान या मर्न तयार भएर त्यो पत्र लेखेको हुँ’ उनले भने।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक र राष्टिय कार्यकर्ता भेला गर्न लागेको उनले बताए।

Tags: अवसरवाद विरुद्धएकपटकक्रान्ति गर्ने -प्रचण्डप्रतिक्रियावादी

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist