इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा संचालन हुने वार्षिक परिक्षाको तयारी सुरु भएको छ ।
बैशाख अन्तिम सप्ताहमा सञ्चालन हुने वार्षिक परिक्षाको लागि विषयगत शिक्षकहरुसँग परिक्षा समितिले शुक्रबार बैठक गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका परिक्षा समितिका संयोजक बैधनाथ प्रसाद देवको अध्यक्षतामा समपन्न भएको बैठकले कक्षा ६ देखी कक्षा ९ सम्मका विषय शिक्षकलाई तोकिएको स्थान र समयमा बोलाई दुई दुई सेट प्रशन पत्र मापदण्ड अनुसार निर्माण गर्नका लागि परिपत्र गरि समितिको रोहवरमा निर्माण गर्ने निर्णय गरेको छ ।
प्रशनपत्र निर्माणका लागि मावि शिक्षकहरुलाई जिम्मा दिने , चैत्र महिनामा हुने प्रअ बैठकमा विद्यार्थी संख्या विवरण अनिवार्य परिक्षा समितीलाई बुझाउने र गाउँपालिका स्तरीय परिक्षाको प्रशनपत्र निर्माण छपाई गर्ने भएकाले पेश्की स्वरुप कक्षा १ देखी ५ सम्म १ हजार , १ देखी ८ सम्म ३ हजार र कक्षा १ देखी १० सम्म ४ हजार रुपैँया प्रअ बैठकमै समितीलाई उपल्ब्ध गराउने निर्णय गरेको छ ।
बैठकमा संयोजक देव सहित सचिव रुपनारायण साह, कोषाध्यक्ष भोली प्रसाद यादव, विज्ञान शिक्षक जदु साह र शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्लसिना सहितको उपस्थिती रहेको थियो । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँ पालिकामा मावि तहको परीक्षामा तयार गर्ने प्रश्नपत्रको बारेमा छलफल भएको छ। गाउँ पालिकाको चार माध्यमिक विद्यालयको लागि एक साथ लिने परीक्षामा सोधिने प्रश्न पत्रको तयारी बारेमा छलफल भएको हो। गापा शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिमल्सिनाले मावि तहमा पठाउने शिक्षकहरु र परीक्षा समितिको पदाधिकारीको उपस्थितिमा प्रश्न पत्रको बारेमा छलफल गरेको छ। सबै विषयमा शुद्धा शुद्धि सहित विषय बस्तु समेटिएको प्रश्न पत्र तयार गर्ने विषयमा छलफल भएको थियो।
Discussion about this post