इनरुवा – सुनसरीको वराहक्षेत्र नगरपालिका वार्ड नं. ८ बाग्झोराका रोशन खड्काले स्थानिय सामुदायिक विद्यालयमा स्वर्गीय बुवाको नाममा १ लाख २१ हजारको अक्षय कोष स्थापना गरेका छन् ।
आफुले २०४० साल देखि २०४८ साल सम्म कक्षा १ देखि ७ सम्म अध्ययन गरेको कोशी माध्यमिक विद्यालयमा रोशन खड्काले स्वर्णिय श्याम बहादुर खड्काको सम्झनामा अक्षणकोष स्थापना गरेका हुन् । अक्षयकोष बापतको रकमको चेक खड्काले बिहीबार विद्यालयका सहायक प्रधानाध्यापक रमेशजंग निरौलालाई हस्तान्तरण गरेका छन् ।
नेपाली कांग्रेस वराहक्षेत्रका युवा नेता समेत रहेका खड्काले स्थापना गरेको अक्षय कोषको व्याजबाट बार्षिक रुपमा गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रधान गरिने विद्यालयका सहायक प्रधानाध्यापक निरौलाले बताए ।
वैदेशिक रोजगारीका क्रममा मकाउ बसेर नेपाल फर्केका खड्काले यस अगाडि पनि सामुदायिक क्लवलाई नगद समेत सहयोग गरेका थिए । चक्रघट्टिको कल्चरल ग्रिन क्लवलाई २५ हजार वरावरको जर्सि, बि.पी. कोइराला स्मृति भवन निर्माणमा २५ हजार सहयोग समेत उनले गरिसकेका छन् ।
खड्काले बिहिवार नै कोशी माध्यमिक विद्यालयलाई अक्षयकोष बाहेकको १४ हजार समेत विभिन्न कार्यक्रमका लागि सहयोग हस्तान्तरण गरेका थिए ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post