इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वार्ड नं. १ को लोकतान्त्रिक चौकमा इनरुवाको पहिचान झल्किने इनारको प्रतिक उद्घाटन भएको छ ।
इनारै इनार भएको क्षेत्र इनरुवाको पहिचान बोकेको इनार पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण र पहिचान समेत हुनेगरी इनरुवाको प्रतिक इनार निर्माण गरी उद्घाटन गरिएको हो ।
हालैँ निर्माण सम्पन्न भएको इनारको प्रतिकको इनरुवा नगरपालिकाको नगर प्रमुख राजन मेहताले मंगलबार उद्घाटन गरेको हो ।
नगर प्रमुख मेहताले इनारको उद्घाटन गर्दै विकास र समृद्धीका लागि आफुले काम गर्दै आएको र त्यसमध्येको एउटा काम इनरुवाको पहिचान इनारको प्रतिक समेत भएको बताए ।
नगर प्रमुख मेहताले आफु जनताको विकासको लागि जहिले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको र गरिरह्ने प्रतिवद्धता जनाए । मेहताले पाँच दशकदेखी हुन नसकेको विकासको काम आफ्नो चार वर्षै कार्यकालमा भएको दावी गरे ।
मेहताले इनरुवाको प्रतिक इनार मात्र नभई घण्टाघर , शिव मन्दिर, गणेश मन्दिर , दुर्गा मन्दिर लगायतका विभिन्न वडाका पहिचान झल्किने तस्विरहरु समेत निर्माणको चरणमा रहेको बताए ।
उनले विकासको लागि आफु जहिलेपनि जनताकै पक्षमा लागि परेपनि केही पात्रहरुले आफ्नौ विरोध गर्न लागि परेको बताउँदै गाली गलौज र सस्तो लोकप्रियता भन्दा चुनावमा लडेर जित्न चुनौती दिए ।
उद्धघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता , नागरिक समाजका पुरुषोतम घिमिरे, इनरुवा नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष रामचन्द्र पौद्धार , इनरुवा नापा ५ का वडाध्यक्ष अनजनी पोखरेल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह लगायतका उपस्थिती रहेको थियो ।
उद्धघाटन समारोह इनरुवाको प्रतिक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
इनारको प्रतिक निर्माण गर्न १५ लाख खर्च भएको उपभोक्ता समितिका अध्यक्ष यादवको भनाई छ ।
Discussion about this post