• pradeshpoint
  • Pradeshpoint
Sunday, April 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल प्रहरीमा कुसल र इमान्दार, एसपी थापा

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ ८ गते, १९:२३ बजे प्रकाशित
in स्थानीय खबर
60
SHARES
Share on FacebookShare on Twitter

रमेश कुमार यादव
हाल बिश्वनै महामारीको चपेटामा छ । हाम्रै घर आगन वरिपरि दैनिक आधा दर्जन मानिस मरेको खबर पनि आउँछ । अस्पतालहरु भरीभराउ भएका छन् । आईसीयू खाली छैनन् । अक्सिजनको अभाव भयो भन्ने देश बिदेशको खबर आउँछ । यस्तो अवस्थामा हाम्रो जिल्लाको सुरक्षा निकायहरु के गरि बसेको छ भन्ने कौतुहल्ता धेरैको मनमा आउँन सक्छ र आएको पनि छ । सुनसरी जिल्लाको दक्षिणवर्ती क्षेत्र खुल्ला सीमातर्फ ६२ किलोमिटर भारतीय सीमाना पर्छ । भारतमा कोरोनाको फैलावट डरलाग्दो अवस्थामा रहेको छ । यस जिल्लाभरी जातिय, सामाजिक, आर्थिक, राजनीतिक र भौगोलिक निबिधता पनि रहेको छ । यो बिबिधताले सांस्कृतिक विबिधताको अनुपम छ भन्ने पनि जानैका छौं । यस्तो अवस्थामा मानिसबाट मानिसमा सर्ने कोरोना भाइरसको रोकथाम निकै कठिन छ । यसैमा मानिसलाई चेतना दिने, सम्झाउने, गाली गर्ने, कार्बाही गर्ने मात्रै होइन मरेको परेको बेला हातमा हात र काधमाकाध दिने काम पनि प्रहरीले गर्दै आएको छ ।जिल्लामा “तपाईको मास्क खोइ ? “कार्यक्रमले प्रहरीले हामीलाई झक्झकाएको थियो कि मास्क लगाउ भनेर । हामीलाई भेला जम्मा भएर नहिड भनेर गाली गरेको थियो, भाइरस हामीलाई नसरोस भनेर । बजार पसलमा डन्डा लम्काउदै हिडेको थियो घर भित्र बस भनेर । यो प्रहरीको प्रयास थियो हाम्रो भलाईको लागि । यहि अभियानमा लागिरहदाँ जिल्ला प्रहरी कार्यालय र मातहतका आज सम्म ४० जना प्रहरी कोरोनाबाट सङ्क्रमित भै सकेका छन् । प्रहरीले आइसोलेशनमा समन्वय गर्ने ,अस्पतालमा नेपाल आर्मी,एम्बुलेन्स, घाट र शवबाहनको चाजोपाजो मिलाउने काम सगंै अक्सिजन ग्यासको समेत समन्बय गर्ने गरेको छ । सुनसरी जिल्लामा तीनवटा अक्सिजनको प्लान्ट चालू अवस्थामा छन । यहाँ १५०० भन्दा बढि सिलिण्डर दैनिक भरिन्छ । अहिले नेपालका प्रायः सबै जिल्लाबाट खाली सिलिण्डर ल्याएर यहाँ भरिन्छ । सुदुरको बजाङ, कैलालीदेखि काठमाण्डौसम्मका खालि सिलिण्डर भर्न २४ सै घन्टा धमाधम छ । कुनै गाडिमा आउँछ कुनै जहाज चा¥टर गरेर समेत आउने गर्छ । हाम्रो सुरक्षाकार्मीहरु धमाधम काममा लागेका छन । यो जिल्लामा बिपि स्वास्थ्य बिग्यान प्रतिस्ठान पनि छ । यी चिजहरुले हालको महामारीमा जिल्लाको महत्व झन बढाइ दिएको छ भने सुरक्षा निकायको काम पनि थपिदिएको छ ।


नेपाल प्रहरी जनताको नजिकका सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी हुन् । नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने, आपत विपतमा सहयोग गर्ने निकाय पनि नेपाल प्रहरी नै हो । यही नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षकका रुपमा गत वर्षको बन्दाबन्दीकै बीचमा आउनुभएका एसपी कमल थापाले एक वर्षको अवधीमा कठिन अवस्थामा पनि जिल्लाका सम्पूर्ण नागरिकको कोरोना माहामारीका बीचमा पनि शान्ति सुरक्षा प्रदान गर्दै, अपराधका घटनामा न्युनिकरण गर्दै अपराधमा संलनलाई कानुनी कार्वाही गरेर थप शान्ती सुरक्षाको अनुभुती दिलाउन सफल हुनुभएको छ । वहाँले जिल्लाको १२ वटै पालिकाका नागरिकलाई आफ्नो इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थाई प्रहरी चौकी सहितको समन्वय र परिचान गरेर नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभुती दिदै आपत विपतमा सहयोग गर्ने निकायको हिसानले पूर्ण जिम्मेबार भएर काम गरिरहनुभएको छ ।
एसपी थापाले सीमा सुरक्षामा कडाईका साथै तस्करी न्ययुनिकरण सहित लागु औषध ओसारपसार न्युनिकरणमा पनि महत्वपूर्ण काम गर्नुभएको छ । वहाँले नेपाल प्रहरीको सत्यम सेवम् सुरक्षणम भन्ने नारालाई पनि सार्थक पार्न गत वर्षको बैशाखामा आएदेखी गाउँगाउँसम्म पुगेर सूचना संकलन गरी सुरक्षाको आन्तरिक सुरक्षा रणनीति बनाएर काम गर्नुभएकाले अरु बेलाको तुलनामा राम्रो काम गर्न सफल हुनुभएको छ । थापाले नै जिल्लामा पहिलो पटक ठूलो परिमाणको अस्वस्थ्यकर र अवैध माछा बमामद गरेर नागरिकको स्वास्थ्यमा असर पार्ने र नेपालमा प्रतिबन्धित भनिएको माछामा केही हदसम्म रोक लगाउनुभयो ।
दशै तिहारमा जुवातास, लागु औषध, विष्फोटक पदार्थ( पटका) सहितको कार्य रोक्नमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ । वहाँले नागरिकको गुनासो , पीडा र मुद्धा मामिलामा पनि सुक्ष्म अध्ययन गरी सम्बोधन गर्ने काम कुसलपूर्वक गर्नुभएको छ ।
जिम्मेवारिको हिसाबले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने, आपत विपतमा सहयोग गर्ने निकाय नेपाल प्रहरी पनि एक हो । त्यस जिम्मेवारिलाई कुशलता पुर्वक सम्पन्न गर्न कमाण्डरको ठूलो भुमिका हुन्छ, प्रहरी उपरीक्षक (एसपी) कमल थापा । जिल्लाका सम्पूर्ण नागरिकहरुसगै कोरोना माहामारी जस्तो बिपदमा जुधी रहेको समयमा प्रहरी प्रमुख थापासग शान्ति सुरक्षा प्रदान गर्ने र अपराधका घटनामा न्युनिकरण गर्दै अपराधमा सम्लग्न हुनेहरुलाई कानुनी कार्वाही गरेर कानुनी राज्यको अनुभुती दिलाउने थप जिम्मेवारी पनि देखएको छ । नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षकका रुपमा गत वर्षको बन्दाबन्दीकै बीचमा आउनुभएका एसपी कमल थापाले एक वर्षको अवधी कठिन र शंकटकै अवधिमा बिताउनु भएको छ । एक वर्षको कार्यकाललाई हेर्दा जिल्लाबासीहरु उहाँ सफल भएको मूल्यान्कन गर्न थालेका छन । प्रहरीमा कुसल र इमान्दार एसपि कमल थापा नेपाल प्रहरीमा जनताको नजिक रहेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी हुन । चुनौतिको सामना गर्न सक्ने, दबाव र तनाव बिच ब्यवसायिक भुमिका निर्वाह गर्न सक्ने अफिसरको रुपमा चिनिदै आउनुभएका उहाँले जिल्लाको १२ वटै पालिकाका नागरिकलाई आफ्नो इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थाई प्रहरी चौकी सहितको समन्वय र परिचान गरेर नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभुती दिदै आपत विपतमा सहयोग गर्ने निकायको हिसाबले पूर्ण जिम्मेबार भएर काम गरिरहनुएको छ । भारतसंग सिमाना जोडिएका सबै जिल्लाहरुका साझा समस्या र चुनौती एकै खाल्का छन । झापाको बाहुन डागी होस या कन्चनपुरको दोधारा चाँदनी या सुनसरीको भन्टाबारी प्रश्न एकै हुन्छ , समीस्या एकै हुन्छ । ती सबै ठाउँहरुमा प्रहरी माथि उठ्ने प्रसंग र सवाल सीमानामा हुने तस्करी, सिमा वारपारका अपराध र सुरक्षा नै हो । यो जिल्लामा थप चुनौती लागू पदार्थ ओसारपसार पनि हो । मसिनो गरि हेर्ने हो भने यो जिल्लामा रहेका सुरक्षा निकायहरु यी कामहरुमा सफल हुँदै आएका छन् । बिगत वर्षहरुमा भएका जस्ता सेटिङका तस्करीहरु चलेका छैनन् । सानातीना सिमाना आसपासका मानिसहरुले पुलिसको आँखा छली गरि गरेका र लुकिछिपि भन्दा अरु ठुला बेपार छैन बराबर छ । अघिल्ला सालको भन्दा दोब्बर सामान भन्सार पठाई राज्श्व सङ्कलन गरेर प्रहरीले यो साबित गरेको छ । “लागू पदार्थको खोला बग्दो रहेछ यो भन्दा अगाडि हामीलाइ थाहा थिएन,यो साल धेरै मानिस पक्राउ परेको सुनेको छु“यो कथन एक स्थानीय तह प्रमुखको हो । यसले के देखाउछ भने पुलिस आक्रमक तरिकाले लागू औषध नियन्त्रणमा लागेको छ । यो जिल्लामा ठुलास्तरका डकैती, लुटमारका घटना यो एक बर्षमा भएनन् । कुनै हतियार गोलि हानि मानिस मारेको घटना नभएको पनि लामो समय भयो । यो विषयमा कुरा गर्दा एसपी थापा भन्छ्न “हतियार सहित केही मानिस पक्राउ परेको र फायरिङ गरेर मान्छे नियन्त्रण गरेको २÷३ बटा प्रहरीको कार्बाहीले यस्ता जघन्य घटना निरुत्साहित भएको हो; हामी यस्ता अपराधी माथी निर्मम प्रहार गर्न तयार छौ ।“
जिल्लामा यो बर्ष भरिको घटना हेर्दा जघन्य अपराधको अनुसन्धान सबैमा सफलता पाएको छ प्रहरीले । चाहे त्यो जिल्लाको भोक्राहा नर्सिङ्कहको हत्या होस या दुहबीको अपहरण भनिएको हत्या काण्ड, धरानको घट्ना होस या बर्जुको डकैती लगायतका सबैमा सफलता मिलेको छ प्रहरीलाई । हरिनगराको शव पत्ता लगाउन लैला कुकुरको सहयोग देखि ठुला काण्डहरुमा प्रदेश कार्यालयको स्पेशल टिमको समेत सहयोग लिएर यो सफलता पाएको , कार्यालयका सबै टिमको लगन र मेहनत पनि महत्व्पुर्ण थियो भन्न कन्जुस्याइँ गर्दैनन एसपी थापा । अनुसन्धान्मा सफलता,सुरक्षामा कडाईका साथै तस्करी न्ययुनिकरण सहित लागु औषध ओसारपसार न्युनिकरणमा पनि महत्वपूर्ण काम गरि आफ्ना कर्यकाल बिताउदै गर्दा नया स्थानमा सरुवा गए पछि के के गर्ने समेत योजना बनाउने र त्यसै अनुसार काम गर्ने बताउछन । उहाँले नेपाल प्रहरीको सत्यम सेवम् सुरक्षणम भन्ने नारालाई सार्थक पार्न गत वर्षको बैशाखामा आएदेखी गाउँगाउँसम्म पुगेर सूचना संकलन गरी सुरक्षाको आन्तरिक सुरक्षा रणनीति बनाएर काम अरु बेलाको तुलनामा राम्रो काम गर्न सफल भएका छन । नेपाल भरीमा नै असल एसपीहरु मध्येको एक एसपी भएको स्थानीय कन्छा यादवको भनाई छ । एसपी थापाले कयौ हत्याका घटनाका आरोपीतहरुलाई घटनाको सूक्षम अनुशंधानकै कारणले कानुनी दारयामा ल्याउनुभयो । नरसिंह र वर्जुको हत्या खाण्डमा थापाले संगठित रुपमा हत्या गरेको अनुशंधानबाट पत्ता लगाएर पक्राउ गरी कार्वाही गरेर चर्चा कमाउनुका साथै समग्र शान्ती सुरक्षामा पनि असल प्रहरीको भुमिका निर्वाह गर्नुभयो । प्रहरी दिवशको अवसर पारेर म सहितका केही अनुशंधानमा सहयोग गर्नेहरुलाई सम्मान गरेबाट पनि वहाँको कार्य प्रसंशा योग्य रहेको छ । थापाको अवधिमा भएको भएको प्रगति विवरणहरुलाई अध्ययन गर्दा साच्चै कुशल र अनुशासित भएर जनताको पक्षमा काम गर्नुभएको छ । वहाँले आफ्नो काममा र सेवामा थप प्रभावकारीका लागि सबैसंग सूचना, जानकारी, समन्वय सहित थप सुधारका सुझावहरु पनि मागिरहनुभएको छ । यो एउटा असल र कुशल प्रकाशकको विषेशता पनि हो । थापाले हालसम्ममा अरुको तुलनामा बन्दाबन्दीका बीचमा लागु औषध वरामद, लागु औषध कारोबारी पक्राउ गरेर कावार्ही, बलात्कारका घटनाका पीडकलाई कार्वाहीको दायरमा, हातहतियार नियन्त्रण वा पक्राउ र कार्वाहीमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । थापाले चोरी तस्करी नियन्त्रणका लागि पनि राम्रो काम गर्नुभएको छ । जुवातास नियन्त्रणका लागि नियमित काममा अरुको भन्दा थप रणनितिक र उदाहरणीय काम गर्नुभएको छ । थापाको कार्यकालमा भन्नै पर्ने उदाहरणीय कामहरु निकै भएका छन । थापा सरको बाकी रहेको कार्यकाल पनि जनताको शान्ती सुरक्षामा समर्पित रहने र समन्वयको काममा पनि हुनेमा आफू विश्वस्त रहेको छु ।
लेखक ः सत्य संसार साप्ताहिकका व्यूरो प्रमुख हुनुहुन्छ । यादव नव प्रवेशी पत्रकार पनि हुन् ।

 

Related Posts

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारबारे बहुपक्षीय अन्तरक्रिया, सहकार्यमा जोड
FEATURE

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारबारे बहुपक्षीय अन्तरक्रिया, सहकार्यमा जोड

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ८ गते, २०:०९ बजे प्रकाशित
0

दुहबी। सुनसरीको दुहबी नगरपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख बेद...

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
FEATURE

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
0

इटहरी  । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा रमजान २०८२ को शुभकामना

२०८२ फाल्गुन ७ गते, १२:३९ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित
जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

२०८२ माघ १५ गते, २०:५२ बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist