श्यामसुन्दर यादव -इनरुवा
कोरोना महामारीको बीचमा अक्सिजन सिलिण्डरको अभाव खड्किएको बेला पूर्वराज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले कोशी प्रादेशिक अस्पताल बिराटनगर मोरङलाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी छिन् । नेतृ चौधरीले कोशी प्रदेशिक अस्पतालका प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला ४७ लीटर क्षमता भएको ठुलो साइजको अक्सिजन सिलिंडर हस्तान्तरण गरेको हो । उनले आफनो सानो सहयोगले कसैको ज्यान जोखिन्छ की भनेर सहयोग गरेको प्रदेशपाना अनलाइनलाई जानकारी दिइन् । कोरोना संक्रमित बिरामीहरु अस्पतालमा अक्सिजन नपाएर छटपटिएर मृत्यु भएको समाचार सुनेर आफूले सानो सहयोग गरेको र त्यसले कसैको ज्यान बचाउन सकिन्छ भन्ने हेतुले अक्सिजन हस्तान्तरण गरेको जानकारी दिइन् । उनी यस अघि बीपिमा समेत अक्सिजन सिलिण्डर सहयोग गरेकी थिइन् । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा हातेमालो गरेको अध्यक्ष चौधरीले बताइन् । अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा संक्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताइन् ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post