• pradeshpoint
  • Pradeshpoint
Sunday, March 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सरकारी गाडीभित्र चालकको मृत्यु

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ २५ गते, १७:५० बजे प्रकाशित
in मुख्य पाना
सरकारी गाडीभित्र  चालकको मृत्यु
41
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश नम्बर १को राजधानी विराटनगर महानगरपालिका-३ मा सरकारी गाडीभित्र मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले ढकाललाई मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्र चालकलाई बेहोस अवस्थामा फेला पारिएको हो।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए।’

उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। कोरोना भाइरस संक्रमणको आशंकामा मृतकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।

मृतक ढकाल विराटनगर महानगरपालिका-३ पुष्पलाल चोकमा डेरा बस्थे। डेराबाट गाडी लिएर विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खवर आएको र पछि मृत्यु भएपछि आफूले भेटेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकालले जानकारी दिए।

प्रहरीका अनुसार मन्त्रालयबाट कार्यालय प्रमुख ढकाललाई लिएर सुनसरीतर्फ जानका लागि चालक बिहान १० नबज्दै गाडी लिएर डेराबाट निस्किएका थिए । ‘डेराबाट मलाई लिनका लागि बिहान १० बजे नै मन्त्रालयको क्वार्टरमा आउनुपर्ने चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो। बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ प्रमुख ढकालले भने, ‘आफन्त र परिवारका सदस्यसँग पनि सम्पर्क हुन सकेन। पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो।’

स्थानीय बासिन्दाका अनुसार चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो। सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।

राईले मृतकको शवको पोस्टमार्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत विवरण प्राप्त हुने जानकारी दिए। अस्पतालले भने गाडीका सिसाहरु बन्द गरिएका कारण अक्सिजनको आपूर्ति रोकिएर सास फेर्न नसक्दा चालकको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ।

गाडीभित्र आफ्नै सिटमा बेहोस अवस्थामा भेटिएका चालक। तस्बिर : किशोर बुढाथोकी

Related Posts

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित
FEATURE

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
0

सुनसरी । झापा निर्वाचन क्षेत्र नम्बर ५ को नतिजाले यसपटक नेपाली राजनीतिमा ठुलै ‘कमेडी सीन’ थपिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी...

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित
FEATURE

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
0

चितवन ।  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै...

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist