Thursday, July 10, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सरकारी गाडीभित्र चालकको मृत्यु

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ २५ गते, १७:५० बजे प्रकाशित
in मुख्य पाना
सरकारी गाडीभित्र  चालकको मृत्यु
40
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश नम्बर १को राजधानी विराटनगर महानगरपालिका-३ मा सरकारी गाडीभित्र मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले ढकाललाई मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्र चालकलाई बेहोस अवस्थामा फेला पारिएको हो।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए।’

उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। कोरोना भाइरस संक्रमणको आशंकामा मृतकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।

मृतक ढकाल विराटनगर महानगरपालिका-३ पुष्पलाल चोकमा डेरा बस्थे। डेराबाट गाडी लिएर विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खवर आएको र पछि मृत्यु भएपछि आफूले भेटेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकालले जानकारी दिए।

प्रहरीका अनुसार मन्त्रालयबाट कार्यालय प्रमुख ढकाललाई लिएर सुनसरीतर्फ जानका लागि चालक बिहान १० नबज्दै गाडी लिएर डेराबाट निस्किएका थिए । ‘डेराबाट मलाई लिनका लागि बिहान १० बजे नै मन्त्रालयको क्वार्टरमा आउनुपर्ने चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो। बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ प्रमुख ढकालले भने, ‘आफन्त र परिवारका सदस्यसँग पनि सम्पर्क हुन सकेन। पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो।’

स्थानीय बासिन्दाका अनुसार चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो। सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।

राईले मृतकको शवको पोस्टमार्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत विवरण प्राप्त हुने जानकारी दिए। अस्पतालले भने गाडीका सिसाहरु बन्द गरिएका कारण अक्सिजनको आपूर्ति रोकिएर सास फेर्न नसक्दा चालकको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ।

गाडीभित्र आफ्नै सिटमा बेहोस अवस्थामा भेटिएका चालक। तस्बिर : किशोर बुढाथोकी

Related Posts

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
FEATURE

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
0

रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने
FEATURE

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
0

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः...

गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1386 shares
    Share 554 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    706 shares
    Share 282 Tweet 177
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist