इनरुवा । सुनसरीको विभिन्न स्थानीय तहहरुमा रसायनिक मलको अभाव भएका छन् ।
गहुँ, मकै बाली लगाउने सिजन सुरु भएपछि जिल्लाको इनरुवा नगरपािलका, भोक्राहा नरसिंह गाउँपालिका , हरिनगर, बर्जु गाउँपालिका , देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका , गढी गाउँपालिका लगायतका स्थानीय तहहरुमा संचालीत रहेको सहकारी संस्थाहरुमा माग बमोजिम मल आपुर्ती गर्न नसक्दा मलको अभाव भएको स्थानीय अगुवा किसानहरुको भनाई छ ।
उता किसानहरुले सहज तरिकाले रसायनिक मल नपाउँदा बिना मलको खेतीगर्न बाध्य बनेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का स्थानीय बालेशवर यादवले जानकारी दिए ।
स्थानीय यादव एउटा उदाहरणको पात्र मात्रै हो, उनी जस्ता हजारौँ किसानहरु रसायनिक मलको पर्खाइमा आलु, मकै र गहँु खेत समयमा गर्न सकेको छैन् ।
स्थानीय सरकारले मलको अभाव हुन् नदिनका लागि विभिन्न निकायहरुसँग छलफल गरीरहेको र यस जिल्लामा रसायनिक मल किसानहरुको माग अनुसार प्रयाप्त मात्रामा उपल्ब्ध गराउने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
Discussion about this post