इनरुवा । सुनसरीको इनरुवामा विवाह पञ्चमीको अवसरमा भब्यता साथ रथ यात्रा निकालिएको छ । इनरुवाको रामजानकी मन्दिरको परिसरबाट सुरु भएको रथयात्रामा घोडा सहित इनरुवा नगर परिक्रममा गर्दै रथयात्रा बुधवार सम्पन्न भएको हो ।
रामजानकी मन्दिर इनरुवा–४ बाट हजारौको संख्यामा हिन्दु धर्मावलम्वीहरुको सहभागितामा विवाह पञ्चमीको अवसरमा राम र सिताको डोलीलाई इनरुवा नगर परिक्रममा गर्दै इनरुवा–२ स्थित रहेको लक्ष्मी नारायण मन्दिरमा विश्राम गरी पुजाआजा गरिएको थियो । रथयात्रालाई निरन्तरता दिदै रामजानकी मन्दिरको प्राङ्गणमा आएर समापन गरिएको रामजानकी मन्दिर समितिले जनाएको छ ।
रथ यात्रामा दुई वटा घोडा समेत राखिएको थियो । लोप हुन लागेको घोडा सवारीलाई समेत इनरुवा नगर परिक्रममा गराइएको आयोजकले जनाएको छ । विवाह पञ्चमीको अवसरमा बाजागाँजा सहित हर्षोेउल्लासका साथ हिन्दु धर्मावलम्बीहरुले नाचगान सहित रथयात्रामा सहभागिता हुँदै इनरुवा नगर परिक्रममा गरेको थियो ।
प्रत्येक वर्ष विवाह पञ्चमीको अवसर रथयात्रा निकालिने गरेपनि गत वर्ष कोरोना भाइरसका कारण रथयात्रा निकालिएको थिएन भने यस वर्ष धुमधामका साथ राम र सिताको डोली सहित भब्य रथयात्रा परिक्रम गरेर सम्पन्न भएको रामजानकी मन्दिरका अध्यक्ष दामोदर मेहताले जनाएको छ ।
रथयात्रामा सहभागीहरुलाई पुर्व कृषि राज्यमन्त्री लक्ष्मण मेहताले प्रसाद लगायतका समाग्रीहरु वितरण गरिएको थियो । हाल उनी इनरुवा–२ का निवासी भएरपनि सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आइरहेका छन् ।
Discussion about this post