राजविराज ।मधेश प्रदेशमा महाशिवरात्रि विभिन्न कार्यक्रम गरि मनाइएको छ । महाशिवरात्रिको अवसरमा राष्ट्रिय एकता अभियानले अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेका छन ।
अभियान संग आबद्ध युवाहरुले राजविराजमा रहेको हरि नन्देश्वर महादेब मन्दिरको प्राङ्गनमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अशक्त , अपाङ्गता भएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
मन्दीर परिसरमा आउने असक्तहरुलाई मनोवल उच्च पार्न सम्मान स्वरुप दोसल्ला ओढाएर सम्ममान गरिएको अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहले बताईन ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष साहले अशक्तहरुलाई समाजमा सम्मान बढाउन आफुहरुको संस्था सदैब अगाडी रहने जानकारी दिइन्।
उनले धार्मिक क्षेत्रमा पनि सबैको पहूँच हुनुपर्ने आवश्यक रहेको समेत बताइन् ।
कार्यक्रममा धर्मिक क्षेत्र संग आवद्ध रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post