इनरुवा । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न भएको छ ।
सोमबार गाउँपालिकाको एघारौं गाउँ सभा तथा हिउँदे अधिबेशनमा चालू आर्थिक वर्ष २०७८-०७९ को बार्षिक खर्च सम्बन्धी गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बजेट रकमान्तर, बजेट विवरण हेरफेर, करारका कर्मचारीहरुको म्याद थप लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको जानकारी दिए ।
गाँउसभाले बजार अनुमगन कार्यविधि तथा निर्देशिका २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ । गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुनबाँकी कामहरुको बारेमा वडा अध्यक्ष तथा वडा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बजेट कसरी पूर्ण कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाउँपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो । उक्त सभामा उठाएका सम्पर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष यादवले जबाफ दिएको थियो । सभामा उठेका प्रश्नहरुको जवाफदिदै गाउँपालिका अध्यक्ष यादवले हालसम्म भएका कामहरु आफ्नै स्रोत साधनका बीचमा स्तरीय र सन्तोषजनक तरिकाले सम्पन्न भइहरहेको बताए ।
यादवले गाउँका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पूर्बक सम्पन्न भएको बताए ।
बाँकी रहेका बिभिन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट कार्यान्वयनमा आउने पनि बताए ।
अहिलेसम्मका कामहरुको सबै क्षेत्रबाट प्रशंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरुलाई अध्यक्ष यादवले आग्रह गरेका थिए ।
यादवले सभामा उपस्थित सबैजनालाई सामुहिक रुपमा बिकास निर्माणका काममा सहयोग गर्न समेत आग्रह गरेका हुन् ।
सभाको उद्घाटन सत्रमा नेकपा एमालेका भोक्रहा नरसिंह गाउँपालिका अध्यक्ष रामकुमार मेहता, नेपाली काग्रेंसका अध्यक्ष युवराज दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादव(सानो), नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, पूर्व प्रमुख प्रशासकिय अधिकृत तथा हाल इटहरीका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, वतर्मान भोक्रहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबु नन्दन मेहता सहितको उपस्थिती रहेको थियो ।
सभा इटहरीका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहतालाई सम्मान गरिएको छ भने जग्गादादाहरुलाई पनि सम्मान गरिएको छ ।
Discussion about this post