इनरूवा । सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको शुभकामना दिइएको छ ।
हाेली पर्वकाे अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुभकामना व्यक्त गरेकाे हाे ।
प्रजिअ यादवले जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने पर्व हाेलीमा इच्छाविपरीत काम नगर्न जिल्लावासीमा अह्वान समेत गरेका छन् ।
उनले भने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउँदै आएको प्रजिअ यादवले बताए ।
मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्व समेत रहेको बताए ।
उनलेे यस महान पर्वले सबै नेपालीमा खुशीका रङहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवम् परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।
उनले भने चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंङ्ग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने, सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने चर्को आवाजमा बाजा (डिजे) बजाउने आदि जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न/नगराउन हार्दिक आह्वान समेत गरेका छन् ।
त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई हाेली मनाउन सुचनामा भनिएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post