सुनसरी — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २४ गते तेह्रथुमको आठराई गाउँपालिकाबाट सुनसरीस्थित गढी गाउँपालिकामा सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाईँलाई गढीमा भव्य स्वागत गरिएको छ।
नयाँ प्रशासनिक नेतृत्वका रूपमा गढी गाउँपालिकाकाे जिम्मेवारी सम्हाल्न आएका गुरागाईँलाई साेमबार मंसिर १ गते औपचारिक रूपमा स्वागत गरिएको हो। गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिता साह, लेखा अधिकृत दिलबहादुर खड्का, प्रशासन शाखा प्रमुख योगराज निरौलासहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले गुरागाईँलाई फूलमाला र खादा अर्पण गर्दै स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा अध्यक्ष चौधरीले गाउँपालिकामा सुशासन, सेवा प्रवाह, पारदर्शिता तथा प्रशासनिक कार्यक्षमता वृद्धि गर्न गुरागाईँको अनुभव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। “गढी गाउँपालिकालाई अझ सक्षम र नागरिकमैत्री बनाउन उहाँको नेतृत्वले ठूलो योगदान पुर्याउनेछ,” अध्यक्ष चौधरीले भने।
उपाध्यक्ष अनिता साहले पनि पालिकाको विभिन्न विकास तथा प्रशासनिक प्रक्रियामा नयाँ अधिकृतको आगमनले ऊर्जा थपिने बताइन्। कर्मचारीहरूले समेत गुरागाईँसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता सञ्चार माध्यमसमक्ष व्यक्त गरेका थिए।
नयाँ प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाईँले आफूलाई दिएको जिम्मेवारी इमानदार रूपमा निर्वाह गर्ने उल्लेख गर्दै “सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउनु नै मेरो प्राथमिकता रहनेछ” भनी प्रतिवद्धता जनाए।
गढी गाउँपालिकामा गुरागाईँको आगमनसँगै प्रशासनिक कामकाजमा नयाँ गतिशीलता आउने अपेक्षा गरिएको छ।
दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन
इनरुवा । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको नगर आधारभूत अस्पताल उद्घाटन भएको छ। मेयर वेदनारायण गच्छदारले अस्पताल औपचारिक रूपमा...














Discussion about this post